News Portal

धरान अपडेटः धरानमा १९ हजार ९ सय मतगणनाको नतिजा सार्वजनिक

हिमालीसंचार संवाददाता
२६२१ पटक

धरान – धरान उपमहानगरपालिका धरानको मतगणनाको पछिल्लो अपडेट अनुसार गठबन्धनबाट मेयर पदका उम्मेदवार किशोर राईले अग्रता कायम राखेका छन् ।

धरानको मतगणना शुरु भएको पहिलो दिनदेखि नै गठबन्धनका उम्मेदवार राईले अग्रता कायम राखेका हुन । निर्वाचन अधिकृतको कार्यालयका अनुसार पौने ३ बजेसम्म खसेको मतमध्ये १९ हजार ९६१ मतगणना सकिएको जनाएको छ ।

गठबन्धनका मेयर पदका उम्मेदवार किशोर राईले ५६९० मत प्राप्त गरी अग्रता कायम राखेका छन् । उनलाई स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङले ५०८५  मत प्राप्त गरी पछ्याइरहेका छन् । एमालेकी मेयर पदका उम्मेदवार मञ्जु भण्डारीले ५००३ मत प्राप्त गरी तेस्रो स्थानमा छिन् । 

त्यस्तै, उपमेयरमा गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघा ६३८८ मत प्राप्त गरी अग्रता कायम गरिरहेका छन् । उनलाई एमालेका उम्मेदवार पदम इस्वोले ६१५९ मत प्राप्त गरी पछ्याइ रहेका छन् ।  धरानमा वडा नं १, २, ३, ४, ५, ६ र ७ को मतगणना सम्पन्न भइसकेको छ। अहिले धरान वडा नं ८, ९, १० र २० को मतगणना भइरहेको छ । 

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...