News Portal

धादिङको रुविभ्यालीमा गठबन्धनका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

हिमालीसंचार संवाददाता
६१९ पटक

धादिङ — उत्तरी धादिङको रुविभ्याली गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । राप्रपाको गढ मानिने रुविभ्यालीमा यसपटक अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामसिंह तामाङ विजयी भएका हुन् । उनले दुई हजार सात सय ९२ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका गोम्बा घलेले दुई हजार पाँच सय ९७ मत प्राप्त गरे।

त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार फेलामा तामाङ विजयी भएका छन्। उनले दुई हजार ९ सय ३ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवार धनकुमारी तामाङले दुई हजार एक सय ३२ मत प्राप्त गरे।

रुविभ्याली वडा नं १ मा कांग्रेसका पम्बर तामाङले तीन सय ५२, वडा नं २ मा नेकपा एकीकृत समाजवादीका रुप घलेले २ सय ७४, वडा नं ३ मा जनता समाजवादी पार्टीका फेदोजे तामाङले ५ सय ३ मत प्राप्त गरेका छन्।

वडा नं ४ मा राप्रपाका प्रशान्त तामाङले ५ सय ४, वडा नं ५ मा नेपाली कांग्रेसका रम्बा घलेले ९ सय ९१ र वडा नं ६ मा एकीकृत समाजवादीका समिर गुरुङले ३ सय १६ मत प्राप्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...