News Portal

धादिङको रुविभ्यालीमा गठबन्धनका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

हिमालीसंचार संवाददाता
५३७ पटक

धादिङ — उत्तरी धादिङको रुविभ्याली गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । राप्रपाको गढ मानिने रुविभ्यालीमा यसपटक अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामसिंह तामाङ विजयी भएका हुन् । उनले दुई हजार सात सय ९२ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका गोम्बा घलेले दुई हजार पाँच सय ९७ मत प्राप्त गरे।

त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार फेलामा तामाङ विजयी भएका छन्। उनले दुई हजार ९ सय ३ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवार धनकुमारी तामाङले दुई हजार एक सय ३२ मत प्राप्त गरे।

रुविभ्याली वडा नं १ मा कांग्रेसका पम्बर तामाङले तीन सय ५२, वडा नं २ मा नेकपा एकीकृत समाजवादीका रुप घलेले २ सय ७४, वडा नं ३ मा जनता समाजवादी पार्टीका फेदोजे तामाङले ५ सय ३ मत प्राप्त गरेका छन्।

वडा नं ४ मा राप्रपाका प्रशान्त तामाङले ५ सय ४, वडा नं ५ मा नेपाली कांग्रेसका रम्बा घलेले ९ सय ९१ र वडा नं ६ मा एकीकृत समाजवादीका समिर गुरुङले ३ सय १६ मत प्राप्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...