News Portal

  • दम्भी र अहंकारीले पराजय स्वीकार्न सक्दैनः गगन थापा

    हिमालीसंचार संवाददाता
    १९२ पटक

    काठमाडौं – सत्तासीन नेपाली काँग्रेसकाले नेकपा एमालेले जनअभिमत स्वीकार गर्न नसकेर अलोकतान्त्रिक चरित्र देखाएको बताएको बताए । प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले धाँधली भएको आरोप लगाएपछि काँग्रेस महामन्त्री गगन थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    ‘लोकतन्त्रमा निर्वाचनमा जनताले दिएको अभिमतलाई स्वीकार गर्न नसक्ने भनेको चरम अलोकतान्त्रिक चरित्र हो । निर्वाचनमा कहिले जित हुन्छ, कहिले हार हुन्छ,’ महामन्त्री थापाले भने, ‘निर्वाचनमा प्रारम्भिक परिणामपछि केपी ओलीले जुन प्रतिक्रिया दिनुभएको छ, त्यसले फेरि एक पटक भित्रैबाट केपी ओली चरम अलोकतान्त्रिक र अनुदारवादी छन् भन्ने कुरा पुनः पुष्टि भएको छ ।’

    शान्तिपूर्ण रुपमा निर्वाचनमाथि नै प्रश्न उठाउने गरी दिएको एमालेले दिएको प्रतिक्रिया गैरजिम्मेवारीपनको पराकाष्टा भएको थापाको भनाइ छ । ‘करोडभन्दा बढी मान्छेले भाग लिएर केही ठाउँ बाहेक शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको थियो । त्यसको परिणाम आउन बाँकी नै छ । परिणाम आफ्नो विपक्षमा आउने थालेपछि निर्वाचनमाथि नै प्रश्न उठाउने गरी दिएको प्रतिक्रिया गैरजिम्मेवारीपनको पराकाष्टा हो,’ उनी भन्छन् । 

    एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो पराजय स्वीकार गर्न नसक्ने एउटा दम्भी र अहंकारी व्यक्ति भएको थापाले बताए । उनले भने, ‘एउटा दम्भी, अहंकारी आफ्नो पराजय स्वीकार्न गर्न सक्दैन भन्ने यो एउटा प्रमाण हो ।’ निर्वाचन हुनु पहिला, मतदानका समयमा र अहिले आएर मतदानको समयमा पनि धाँधली भएको एमालेको आरोपको पनि महामन्त्री थापाले प्रतिवाद गरे । ‘निर्वाचनमा उम्मेदवारी मनोनयनको दुई दिनको तिथि मिति तय गर्ने काम निर्वाचन आयोगको हो । हामी पनि चाहन्थ्यो । 

    उम्मेदवारी मनोनयन एक दिन मात्र हुनुपर्छ भनेर,’ काँग्रेसका कारण दुई दिन मनोनयनको समय नराखिएको प्रस्ट पार्दै थापाले भने, ‘हामीले अनुरोध पनि गरेको हो । हामीले निर्णय नै वैशाख  १२ गते मात्र मनोनयन गरौं ।’ मतपरिणाम आउन थालेपछि मतदान धाँधली भएको भन्नु जनमतको अपमान भएको थापाको भनाइ छ ‘निर्वाचनको परिणामसम्म कुर्ने, त्यो बेलासम्म चुइँक नबोल्ने, निर्वाचनको परिणाम आफूले भने जस्तो नआउन थालेपछि निर्वाचनमाथि प्रश्न उठाउने ?,’ थापाको प्रश्न छ, ‘यो भनेको नेपाली काँग्रेसमाथि लगाएको आरोप होइन, जनतामाथिको आरोप हो । यो जनमतको अपमान हो ।’

    निर्वाचन आयोगप्रतिको गुनासो काँग्रेस र सरकारसँग जोड्ने कुराको कुनै तक नभएको उनले बताए । ‘निर्वाचनको मत परिणाम चाडो आओस् भन्ने हामी पनि चाहन्छौं । निर्वाचन आयोगसँग हाम्रो पनि त्यो अनुरोध छ । आयोग संवैधानिक निकाय हो,’ थापा भन्छन्, ‘निर्वाचन आयोगका कतिपय काम हाम्रा पनि कतिपय गुनासा छन् । तर निर्वाचन आयोगसँगको गुनासोमा राजनीतिक दल र सरकार मिस्याउने कुराको कुनै तुक छैन ।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...

    पिएसबी नेपालको वार्षिकोत्सवमा ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरु

    काठमाडौं, कार्तिक २३ – नेपाल टेलिभिजनले अंग्रेजी भाषामा नयाँ च्यानल ‘एनटिभी वर्ल्ड’ सञ्चालनमा ल्याएको छ।...

    स्वर्णलक्ष्मी सहकारी ठगीका फरार अभियुक्त बम्जन पक्राउ

    काठमाडौं, कार्तिक २३ – कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका एक फरार अभियुक्त पक्राउ परेका छन्।...

    आज २०८२ साल कार्तिक २३ गतेको राशिफल

    आज कार्तिक २३, २०८२ (नोभेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...