News Portal

विजयको खुसियाली बनाउँदा बेहोस भएका एमालेका वडा सदस्यको मृत्यु

हिमालीसंचार संवाददाता
६०७ पटक

धनकुटा : चौविसे गाउँपालिका वडा नं. २ का नवनिर्वाचित वडा सदस्य सूर्यअटल मगरको मृत्यु भएको छ। मतपरिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँदै गर्दै बेहोस भएर ढलेको र उपचारकाको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको धनकुटाका प्रहरी नायव उपरीक्षक चिरञ्जीबी दाहालले जानकारी दिए।
शनिबार आएको मत परिणाम अनुसार चौविसे गाउँपालिका वडा नं. २ को वडा सदस्यमा नेकपा एमालेको तर्फबाट उम्मेदवार रही विजयी भएका थिए।

यस्तै : झिमरुक (प्यूठान) : झिमरुक गाउँपालिका वडा नम्वर १ मा नेकपा एमालेका धुर्वराज खनाल पूनः वडा अध्यक्षमा विजयी भएका छन् । खनाल सहित अन्य सदस्यमा पनि एमालेका सवै सदस्य विजयी भएका छन् ।आइतवार विहानै सम्पन्न मतपरिणाम अनुसार खनाल गठवन्धनबाट उमेदवार बनेका राष्ट्रिय जनमोर्चाका राम बहादुर जिसीलाई ३ सय ९० मतले पछिपार्दै विजयी भएका हुन्। खनालले १ हजार ९ र जिसीले ६ सय १९ मत लिएका छन् । वडा सदस्यमा गिता सुनार, प्रतिमान पुन, यमुना घर्तीमगर र शंकर पोखरेल विजयी भएका छन् ।

यस वडामा यसअघि पनि एमालेको प्यानलै विजयी भएको थियो । झिमरुकमा हालसम्म १ वडाको मात्र अन्तिम नतिजा आएको छ । झिमरुक १ एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापाको गृह वडा भएकाले पनि यसलाई धेरैले उनको प्रतिष्ठासित समेत जोडेर हेरेका थिए । झिमरुकमा एमाले, माओवादीको बामगठवन्धन र कांग्रेस, राजमोको संयूक्त गठवन्धन छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...