News Portal

विजयको खुसियाली बनाउँदा बेहोस भएका एमालेका वडा सदस्यको मृत्यु

हिमालीसंचार संवाददाता
५५९ पटक

धनकुटा : चौविसे गाउँपालिका वडा नं. २ का नवनिर्वाचित वडा सदस्य सूर्यअटल मगरको मृत्यु भएको छ। मतपरिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँदै गर्दै बेहोस भएर ढलेको र उपचारकाको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको धनकुटाका प्रहरी नायव उपरीक्षक चिरञ्जीबी दाहालले जानकारी दिए।
शनिबार आएको मत परिणाम अनुसार चौविसे गाउँपालिका वडा नं. २ को वडा सदस्यमा नेकपा एमालेको तर्फबाट उम्मेदवार रही विजयी भएका थिए।

यस्तै : झिमरुक (प्यूठान) : झिमरुक गाउँपालिका वडा नम्वर १ मा नेकपा एमालेका धुर्वराज खनाल पूनः वडा अध्यक्षमा विजयी भएका छन् । खनाल सहित अन्य सदस्यमा पनि एमालेका सवै सदस्य विजयी भएका छन् ।आइतवार विहानै सम्पन्न मतपरिणाम अनुसार खनाल गठवन्धनबाट उमेदवार बनेका राष्ट्रिय जनमोर्चाका राम बहादुर जिसीलाई ३ सय ९० मतले पछिपार्दै विजयी भएका हुन्। खनालले १ हजार ९ र जिसीले ६ सय १९ मत लिएका छन् । वडा सदस्यमा गिता सुनार, प्रतिमान पुन, यमुना घर्तीमगर र शंकर पोखरेल विजयी भएका छन् ।

यस वडामा यसअघि पनि एमालेको प्यानलै विजयी भएको थियो । झिमरुकमा हालसम्म १ वडाको मात्र अन्तिम नतिजा आएको छ । झिमरुक १ एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापाको गृह वडा भएकाले पनि यसलाई धेरैले उनको प्रतिष्ठासित समेत जोडेर हेरेका थिए । झिमरुकमा एमाले, माओवादीको बामगठवन्धन र कांग्रेस, राजमोको संयूक्त गठवन्धन छ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...