News Portal

  • बासुरीको धुनले बन्यो विद्यालय संगीतमय

    हिमाली संचार संवाददाता
    १०४५ पटक

    प्रविन शाही/दुल्लु दैलेख : विद्यालय वरीपरी भवन र विचैमा प्राङगण दुबोको भान र छेउमा बासुरी प्रतियोगितात्मक दशै शुभकामना आदानप्रदान कार्यक्रमले विद्यालय निकै आकर्षित देखिन्थ्यो । नेपालका हरेक विद्यालयमा जतिको पठन पाठनको भुमिका छ त्यति नै कला क्षेत्रको पनि महत्व छ।

    दुल्लु नगरपालीका को विजया मा.वि.का शिक्षक तेज बहादुर हमाल बासुरीको धुन र संगितकला संगै पठन पाठन कार्यमा अग्रसर र विद्यालय वरीपरको वातावरणले निहाली रहेको बताए । विद्यालय मंगलबार को दिनमा शिक्षक शिक्षिकाले गरेको दशैँ विशेष एक कार्यक्रमा विद्यालय व्यबस्थापन समिति अध्यक्ष टंक रिमाल पनि बासुरीको धुन सुनाउन भनि त्यहि पुगे । र सुरुवातिमा समधुर बासुरीको धुन बजाउदै भने आफैले पढेको विद्यालयमा आज अध्यक्षको जिम्मा पाएर विद्यालयको कार्यक्रममा उपस्थित भए।

    सर्वप्रथम शिक्षक तेज बहादर हमाललाई नै पुकारे उहाले नै पढाउनु भयो आज यो क्षेत्रमा भईयो उहाँ सधै भन्नुहुन्थ्यो नेपालमा हाम्रो मौलीक्ताको ध्यानस्वरुप कला क्षेत्रको पनी निकै आवाश्यक छ । म सानो छदा  यही विद्यालयमा पढदै गर्दा सम्योगबस बासुरी प्रतिस्पर्धाको लागी यही विद्यालयको छात्रको हैसीयतले कार्यक्रममा भाग लिन सदरमुकाममा गएको थिए । तर अहिले यही त्यो कार्य विद्यालयमा  देख्दा खुशी  व्यक्त गर्नु भयो । र कला क्षेत्रलाई पनि अध्यन संगै अगाडी बढाउन विद्यार्थीलाई सुझाव दिए ।

    कार्यक्रममा शिक्षक हमाल भन्दछन – विगत केही समय देखि नेपाली व्याकरणलाई संगित धुन सार पढाईरहेका छु विद्यार्थिलाई  । मैले केही समय अघी २४ वटा बासुरी विद्यार्थिलाई वितरण गरेको थिए । अहिले भनेको वयस्क स्वर हो उम्रदो भोलीको लागी यी कलिला स्वरहरु भोली एकदमै राम्रो बन्ने छन । कोही भविष्यमा फरक पाटो रोज्नुहुन्छ होला तर हरेक क्षेत्रमा कला गलाको पनि आवाश्यक देखिन्छ ।

    आफु सानो छदा बासुरी बजाउन कला क्षेत्रमा लागनमा सहयोगार्थ कसैको नपाउदा दुःखेसो पोख्दछन । आफुले कसैबाट सुनेको भरमा बजाउन र गितहरु पनि गाउन सिकेको हूँ । तर अहीले बासुरी बजाउन र सयौँ प्रकारका हाते चित्रहरु आफै हातले बनाउन सक्छु । यहाँका हराउदा पुरातात्तित्व सम्पदाहरुलाई नया तरीकामा रुपान्तरण गरेको छु ।

    विद्यालयमा धेरै लोक गित प्रतियानेगीता गरिउ र विद्यार्थिहरु पनि विस्तारै परीमार्जित देखीदैछन । संगितलाई जिवन भरीलाई साथ दिनुपर्छ र साथ पनि लिन सक्नु पर्दछ । अतिरिक्त क्रीयाकलाप हरेक विद्यालयलाई आवाश्यक भन्दै बासुरीको धुन र केही आफुले रचेका र बजारमा ल्याएका केही एल्बमहरु गाएर सबैलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।

    त्यस्तै विद्यालयकि शिक्षीका तथा अतिरीक्त क्रीयाकलापको संयोजक मन कुमारी पौड्यालले कतै यस्ता क्रीयाकलाहरुले विद्यार्थिको पढाई मात्रै केही असर पर्दैन भन्ने प्रश्नमा उहाँ भन्नूहुन्छ – अतिरीक्त क्रीयाकलापले विद्यार्थिको पढाईमा केहि पनि असर पार्दैन उनिहरुलाई एकदमै सहयोग गर्दछ । विद्यालयको पठनपाठन भित्रैको कोर्षलाई मध्यनजर गरेरे यस्ता कला, संगीतको माध्यमबाट हामिले थालनी गरेका हौ । मानिसका  हरेक आधारभुत आवाश्यक्ता गास, बास कपास जस्तै मनोरञ्जन पनि त्यतीकै आवाश्यक  हुने भयकोले बालबालीकालाई विभीन्न शिर्जनाको माध्यकबाट पढाउदा हरेक कुराहरु बुझ्ने गर्दछन। विद्यार्थिलाई बौद्धीक क्षेत्रको विकाशले मात्र नहुने भएकोले यो कार्य गरेको बताउदछदन ।

    यसै विद्यालयकी नि.मा.वि. तहको नेपाली शिक्षका शोभा ज्ञावलि भन्नुहुन्छ – अतिरीक्त सह-कार्यकलापको एक पाटो हो यस कार्यले विद्यार्थिहरुको शिर्जनात्मक कुराहरुको व्यक्तित्व विकाशकोलागी अहम भुमिका खेल्दछ त्यसैले सरकारलेनै हरेक हप्ताको १ दिनलाई अतिरीक्त क्रियाकलाप गर्न भनि छटाईएको छ त्यसैले उनिहरुको शारीरीक, मानसिक व्यक्तित्व विकाश हुन्छ ।

    त्यस्तै शिक्षिका गिता रिजाल भन्नुहुन्छ – शिक्षण सिकाईको एक अभिन्न अङग हो अतिरीक्त क्रियाकलाप यसमा हाम्रा चाड पर्व, धार्मिक, मौलीक परम्परात्मक  सम्पदाहरु, पर्यटकीय क्षेत्रलाई, मौलीक बाजालाई संरक्षण गर्न एउटा पाठ्यसामाग्री हो। जो हराएका सम्पदाहरुको उजागर गर्न संगितको पनि त्यतीनै महत्व देखिने भएकोले यस्ता क्रियाकलापहरु गर्न आवाश्यक हुन्छ त्यसैले आज दशैको अबसर पारेर विद्यालयमा दशैँको अबसरमा  विदा हुने समय भएकोले कार्यक्रम राखिएको बताउनुहुन्छ।

    कार्यक्रममा विद्यालयका छात्र लोकेन्द्र भण्डारी, तर्क शर्मा, कलम रावतले मिठो बासुरी धुनले मनोरञ्जन दिलाएका थिए । भने छात्रा गायत्री पोखरेलले निपात व्याकरणको गित गाएर थप मनोरञ्जनात्मक बनाएकी थिईन । भने, उर्मिला पोखरेल र रमा पोखरेलले मिठो लोक गित गाएर प्रस्तुतीले निकै आफ्नो मौलिकताको आभास हुने स्वाद गितले दिएको थियो । त्यस्तै केही विद्यार्थिहरुले एकल देउडा, लोकगितहरु गाएर शुभकामना व्यक्त गरेका थिए।

    कार्यक्रममा विद्यालय व्यबस्थापन समितिका अध्यक्ष टंक रिमाल, रेडीयो दुल्लु एफ.एम.का समाचार वाचक प्रविन शाही, शिक्षक, शिक्षीका र विद्यार्थिको उपस्थितिले र बासुरीको धुन सहित दशैका मिठामिठा धुनले कार्यक्रम समापन भएको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    डिजिटल युगमा ढिलाइ गर्न नहुने देउवाको चेतावनी : एआई अबको आवश्यकता हो

    काठमाडौं, साउन ११ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल अब डिजिटल युगको ढोकामा उभिएको...

    कोशीका वनमन्त्री मण्डलको स्पष्टोक्ति : ‘खाँदै नखाएको विषले जिउँदै मार्‍यो’, घुस प्रकरणको खण्डन गर्दै प्रमाण ल्याउन चुनौती

    विराटनगर, साउन ११ – कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले घुस मागेको आरोपलाई...

    अधिनायकवादको कुरा गर्नेहरूले इतिहास बिर्सिएजस्तो लाग्छ : प्रधानमन्त्री ओली

    काठमाडौं, साउन ११ – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको राजनीतिक परिवेशलाई अधिनायकवादको संज्ञा दिनेलाई विगतका...

    विद्या भण्डारीको सक्रियता र अध्यक्ष पदप्रतिको आकांक्षापछि एमालेको निर्णयः अध्यक्ष ओलीको प्रष्ट भनाइ

    काठमाडौं, साउन ११ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको अध्यक्ष पदमा चासो देखाएपछि पार्टीभित्र हलचल...

    एमाले ललितपुर अध्यक्ष आचार्य मानव तस्करी प्रकरणमा मुछिए, सिआईबीको अनुसन्धान सुरु

    काठमाडौं, साउन ११ – नेकपा एमाले ललितपुर जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्य गम्भीर मानव तस्करीको...