News Portal

स्याङ्जा सहयोग समाज कुवेतको एम्बुलेन्स आर्थिक सहयोग युगल साँझ कार्यक्रमको तयारी पुरा

हिमाली संचार संवाददाता
६१८ पटक

अक्टोबर ९, कुवेत : स्याङ्जा सहयोग समाज कुवेतको आयोजनामा आउँदो शुक्रबार हुन लागेको एम्बुलेन्स आर्थिक सहयोग युगल साँझ कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको अभियन्ता बि बि मल्ल ठकुरीले हिमाली संचारलाई जानकारी दिए।

“सुनौलो बिहान स्याङ्जा निर्माणमा हाम्रो अभियान” भन्ने मूल नाराका साथ स्थापित स्याङ्जा सहयोग समाज कुवेतले गृह जिल्लामा एकै पटक दुईवटा एम्बुलेन्स हस्तान्तरण गर्ने उद्देश्यले आर्थिक सहयोग संकलन अभियानमा गायक द्वय लोक पप गायक बि बि मल्ल ठकुरी र चर्चित गायक तुल्सी शिवाकोटीको युगल साँझ कार्यक्रमको सम्पूर्ण तयारी भएको समाजले जनाएको छ।

यहि १२ अक्टोबर २०१८ को दिन स्याङ्जा सहयोग समाजले आयोजना गरेको युगल साँझ कार्यक्रमलाई आ-आफ्नो ठाउँबाट साथ-सहयोग गर्दै सफल बनाउन अभियन्ता बि बि मल्ल ठकुरीले अनुरोध गरेका छन। साथै युगल साँझ कार्यक्रमको लागि सम्पुर्ण कुवेत बासीहरुलाई निमन्त्रणा गरिसकेको र यदि निमन्त्रणा नपाएको खण्डमा यसै समाचारलाई आधार मानी उपस्थिति हुनको लागी अनुरोध समेत गरेका  छन् ।

युगल साँझको अतिथी गायक तुल्सी शिवाकोटी यहि आउदो बिहिवार अर्थात ११ अक्टोबर २०१८ कुवेतको समयानुसार बिहान १:१५ बजे कुवेत एयरपोर्टमा अवतरण हुने हुँदा कुवेतस्थित संघ संस्थाका प्रतिनिधि, पत्रकार, खेलाडी, कलाकार, समाजसेवी एवम् सम्पुर्ण कुवेतबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई स्वागतको लागि एयरपोर्ट जान हुनको लागि स्याङ्जा सहयोग समाज कुवेतले अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...