News Portal

स्याङ्जा सहयोग समाज कुवेतको एम्बुलेन्स आर्थिक सहयोग युगल साँझ कार्यक्रमको तयारी पुरा

हिमाली संचार संवाददाता
६७२ पटक

अक्टोबर ९, कुवेत : स्याङ्जा सहयोग समाज कुवेतको आयोजनामा आउँदो शुक्रबार हुन लागेको एम्बुलेन्स आर्थिक सहयोग युगल साँझ कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको अभियन्ता बि बि मल्ल ठकुरीले हिमाली संचारलाई जानकारी दिए।

“सुनौलो बिहान स्याङ्जा निर्माणमा हाम्रो अभियान” भन्ने मूल नाराका साथ स्थापित स्याङ्जा सहयोग समाज कुवेतले गृह जिल्लामा एकै पटक दुईवटा एम्बुलेन्स हस्तान्तरण गर्ने उद्देश्यले आर्थिक सहयोग संकलन अभियानमा गायक द्वय लोक पप गायक बि बि मल्ल ठकुरी र चर्चित गायक तुल्सी शिवाकोटीको युगल साँझ कार्यक्रमको सम्पूर्ण तयारी भएको समाजले जनाएको छ।

यहि १२ अक्टोबर २०१८ को दिन स्याङ्जा सहयोग समाजले आयोजना गरेको युगल साँझ कार्यक्रमलाई आ-आफ्नो ठाउँबाट साथ-सहयोग गर्दै सफल बनाउन अभियन्ता बि बि मल्ल ठकुरीले अनुरोध गरेका छन। साथै युगल साँझ कार्यक्रमको लागि सम्पुर्ण कुवेत बासीहरुलाई निमन्त्रणा गरिसकेको र यदि निमन्त्रणा नपाएको खण्डमा यसै समाचारलाई आधार मानी उपस्थिति हुनको लागी अनुरोध समेत गरेका  छन् ।

युगल साँझको अतिथी गायक तुल्सी शिवाकोटी यहि आउदो बिहिवार अर्थात ११ अक्टोबर २०१८ कुवेतको समयानुसार बिहान १:१५ बजे कुवेत एयरपोर्टमा अवतरण हुने हुँदा कुवेतस्थित संघ संस्थाका प्रतिनिधि, पत्रकार, खेलाडी, कलाकार, समाजसेवी एवम् सम्पुर्ण कुवेतबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई स्वागतको लागि एयरपोर्ट जान हुनको लागि स्याङ्जा सहयोग समाज कुवेतले अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...