News Portal

चुनाव हुँदैन भन्ने ओलीजीले पनि मतदान गर्नुभयो होलाः देउवा

हिमालीसंचार संवाददाता
२७१ पटक

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो गृहपालिका गन्यापधुरा वडा नं १ को मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदानपछि प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव हुँदैन भन्ने ओलीजीले पनि मतदान गर्नुभयो होला भनेर कटाक्ष गरे।

प्रधानमन्त्री देउवाले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘चुनाव हुँदैन हुँदैन भन्ने केपी ओलीजीले पनि मतदान गर्नुभयो होला।’ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचन मिति घोषणा भएपछि पटक पटक प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताले चुनाव सार्ने षड्यन्त्र गरेको आरोप लगाउँदै आएका थिए ।

प्रधानमन्त्री देउवाले शुक्रबार मतदानपछि स्थानीय निर्वाचन नै लोकतन्त्रको मूल स्तम्भ भएकाले सहज रुपमा निर्वाचन सम्पन्न गर्नु नै सरकारको प्रमुख दायित्व भएको बताए ।

सदरमुकामदेखि २४ किलोमिटर दूरीमा रहेको मतदान केन्द्रमा प्रधानमन्त्री देउवा हेलीकप्टरबाट मतदान गर्न पुगेका हुन् । उनी धनगढीबाट मतदान गर्न आफ्नो वडामा आइपुगेका हुन् ।प्रधानमन्त्री देउवा एक सातादेखि सुदूरपश्चिममा छन् । तीन दिन गृह जिल्ला डडेलधुरामा रहेका देउवा बुधबार डडेलधुराबाट धनगढी गएका थिए ।

प्रधानमन्त्री देउवाको गृहपालिका गन्यापधुरामा कांग्रेसबाट विद्रोही उम्मेदवारले एमालेसँग तालमेल गरी निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । डडेलधुरामा दुई नगरपालिका र पाँच गाउँपालिकासहित सात स्थानीय तह रहेका छन् ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...