News Portal

खेलकूद तथा पर्यटनमा जोड, खानेपानी र सुकुम्बासी समस्या समाधान गर्छु : किशोर राई

हिमालीसंचार संवाददाता
४११ पटक

धरान – धरान उपमहानगरपालिका धरानमा सत्तारुढ गठबन्धनको तर्फबाट धरान उपमहानगरको मेयरका उम्मेदवार किशोर राईले खेलकूद तथा पर्यटन क्षेत्रमा विशेष जोड दिने बताएका छन्। भानुचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राईले धरान पर्यटन र खेलकूदको केन्द्र भएकाले यस क्षेत्रमा जोड दिने बताए। 

धरानको भौतिक पूर्वाधार निर्माणमा रिङ रोड र पार्किङ स्थलको व्यवस्थापनमा सदैव प्रतिबद्ध रहेको प्रष्ट पारे। निर्माणाधीन अबस्थामा रहेको धरानको बसपार्कको निर्माण सम्पन्न गर्ने, ३ महिना भित्र नगरभित्रको खानेपानी समस्या समाधान गर्नेदेखि लिएर बहुभाषिक नीति अवलम्बन गर्ने गरी पिण्डेश्वर क्याम्पसलाई बहुभाषिक क्याम्पसको रुपमा रुपान्तरण गर्ने योजना रहेको बताए। 

धरानलाई नाटक घर तथा चलचित्र निर्माण स्थल बनाएर एउटा उदाहरणीय रचनात्मक शहर बनाउने उनको भनाई थियो । धरानको अर्को महत्वपूर्ण राजनैतिक समस्या भनेको भूमि आयोगसँग समन्वय गरेर धरानका सुकुम्वासी समस्या समाधान गर्ने समेत बताए। 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...