रबिन्द्र बराल/ मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका वडा नं.७ मा स्वतन्त्र उम्मेदवारी दिएका सन्जिबकुमार श्रेष्ठको सक्रियाताका कारण पछिल्लो समय सबैको चासोको बढेको समयमा कांग्रेसका बागी उम्मेदार श्रेष्ठको चर्चा ह्वात्तै बढेको छ।
पछिल्लो समय स्वतन्त्र पदको उम्मेदवारी दिएका वडा अध्यक्ष सन्जिबकुमार श्रेष्ठ निकै चर्चामा छन् । नगरपालिका भित्र विभिन्न सामाजिक कार्यमा सक्रियता रहेका कारण श्रेष्ठको छवि नगरभित्र राम्रो रहेको छ । समाजका लागि निरन्तर सद्भाव, सहयोग गरिरहने श्रेष्ठप्रती आम रंगेली नगरबासीको सहानुभूती रहेको छ ।
आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि स्वतन्त्र रुपमा वडाध्यक्षको उम्मेदवारी दिएका श्रेष्ठ समाजका लागि सामाजिक कार्यमा अग्रसर रहँदै आएकाले नगरका आम मतदाता माँझ अन्य उम्मेदवारीको तुलनामा निकै लोकप्रीय छन् ।
नेपाली कांग्रेसले टिकट नदिएका कारण उनी स्वतन्त्र उम्मेदवार दिएका हुन्। टिकट नपाएपछि श्रेष्ठ मौन बसेका थिए । जनताको पक्षमा काम गर्ने लोकप्रीय व्यक्तिलाई टिकट नदिएका कारण वडाबासीको आग्रहमा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
उनी भन्छन् ‘जनलहर मेरो पक्षमा भएपनि पार्टीले टिकट दिएन । म चुप लागेर बसेको थिएँ ।’ उनले भने,‘वडाबासी जनसमुदायले आग्रह गरेपछि उम्मेदवारी दिएको हुँ। कांग्रेसले जनताले चाहेको व्यक्तिलाई पाखा लगाएरका कारण वडाबासी र सुभचिन्तकको आग्रह स्वीकार गरेका बताए। उनको आफ्नो वडामा मात्र नभएर नगरभित्र राम्रो प्रभाव छ।
उनले रंगेली नगरपालिकाको मेयर पदको लागि इच्छा व्यक्त गरेका थिए। पार्टी जिल्ला सचिव मोदराज धिमिरेलाई अधि सारेपछि वडाध्याक्षमा उम्मेदवारी दिने निर्णय लिए । तर अन्तिम अबस्थामा वडाध्यक्षको टिकट पनी नपाएपछि वडाबासीको आग्रहमा स्वतन्त्र उम्मदवारी मनोनयन दर्ता गरे।
२०२९ सालमा रंगेलीमा जन्मिएका युवा नेता श्रेष्ठ विद्यार्थी कालदेखि नै नेपाल विद्यार्थी संघमा आवद्ध भएका थिए । तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा श्रेष्ठ नेवि संघको क्षेत्रीय सभापति थिए । रंगेली नगरपालिका कोइरालाको निर्वाचन क्षेत्र हो । उनी सोही क्षेत्रबाट निर्वाचित हुँदै पटक–पटक प्रधानमन्त्री भए ।
त्यसपछि कांग्रेसको वडासभापति भएका श्रेष्ठ स्वतन्त्र वडाध्यक्षको उम्मेदवार बन्नु अघिसम्म नगर उपसभापति थिए । उनी केही महिना पहिले सम्पन्न नेपाली कांग्रेसको १४ औँ महाधिवेशन मार्फत नगर अधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका थिए । अझै रोचक प्रशंग के छ भने नगर अधिवेशनमा आफ्नो टिमबाट उम्मेदवार बन्न चाहेपनि पार्टीले नसमेटेपछि लोकप्रीयताका कारण बागी उम्मेदवार दिएर उनले उपसभापतिमा बाजी मारेका थिए ।
स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्षको बागी उम्मेदवार बनेका श्रेष्ठले नै जित्ने धेरैको अनुमान छ । विभिन्न संघ संस्थामा आवद्ध भएर निरन्तर सामाजिक कार्यहरु गर्दै आएका श्रेष्ठ रंगेलीस्थित प्रदेश १ कै चर्चित धार्मिक स्थल संसारी माई मन्दिर व्यवस्थापन समितिको अध्यक्ष समेत हुन् ।
उनी संसारी माई मन्दिर व्यवस्थापन समितिमा आएपछि उनीसहित समितिको टिमले मन्दिरको मुहार फेरेको छ । सो मन्दिर हाल धार्मिक पर्यटकीय स्थलका रुपमा विकास भएको छ भने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमासमेत चर्चित बनेको छ ।मन्दिरमा दर्शन गरेपछि मनोकांक्षा पुरा हुने जनविश्वासका कारण हाल सो मन्दिरमा नेपालका अधिकांस स्थान र भारतबाट समेत भक्तजनहरु दर्शनका लागि आउने गर्दछन् ।
श्रेष्ठकै नेतृत्व र पहलकदमीमा सो मन्दिरमा प्रत्येक दशैँको फूलपातीका दिन प्रदेशस्तरीय फुलपाती बढाई शुरु भएको छ । तत्कालिन मुख्यमन्त्री शेरधन राईको पालादेखि संसारी माई मन्दिरमा प्रदेश स्तरीय फूवपाती बढाई शुरु गरिएको हो । अहिले सो मन्दिरमा मुख्यमन्त्री राई नेतृत्वकै सरकारको लगानीमा श्रेष्ठले नेतृत्व गरेको व्यवस्थापन समिति मार्फत प्रयाप्त भौतिक संरचना निर्माणका कामहरु भइरहेका छन् ।
श्रेष्ठसंग नेतृत्व गर्ने कुशल क्षमता र केही गरौँ भन्ने इच्छाशक्ति भएका युवा नेता भनेर रंगेली नगरमा आम मतदाता माझ परिचित उनलाई यसपटक वडाध्यक्षमा जित्ने आकलन गरिएको छ। वडालाई नमुना वडाको रुपमा विकास गर्ने अठोट लिएका श्रेष्ठ मतदातासँग आशिर्वाद लिँदै वडाका हरेक घर–घरमा पुगिरहेका छन् । स्वच्छ छविको पहिचान बनाएका उनलाई मतदाताले आफ्नो अमुल्य मत दिएर निर्वाचित गराउने आश्वासन दिएका छन् ।
श्रेष्ठले आफु निर्वाचित भएमा वडालाई सूचना प्रविधिमैत्री नमुना वडा बनाउने अठोट लिएका छन् । आफु निर्वाचित भए आफुलाई दिएको मत खेर जान नदिने प्रतिवद्धतासहित जनता माझ पुगिरहेका छन् । वडाको चौतर्फी विकासका लागि विभिन्न योजना अघि सारेका छन् । उनले वडा कार्यालयसम्म पुग्ने जेष्ठ नागरिकहरुका लागि कर्मचारीहरु घरमै पठाएर निःशुल्क स्वास्थ्य उपचार दिने बाचा गरेका छन् ।
उनले जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्तासमेत घर घरमै पुर्याउने व्यवस्था गर्ने बताएका छन् । त्यस्तै श्रेष्ठले वडामा सडक, विजुली बत्ति, खानेपानी, विभिन्न ठाउँमा निःशुल्क वाईफाई सेवा जडान, पार्क र चौतारा निर्माणलाई प्राथामिकतामा राखेर विकास निर्माणका कामहरु अघि बढाउने योजना बनाएको बताए ।
उनले युवाहरुका लागि पुस्तकालय निर्माणदेखि रंगेलीको धरोहरका रुपमा रहेका काली, संसारी माई मन्दिरका साथै मस्जिद एवम धार्मीक स्थलहरुको विकास र प्रबद्धन समेत प्रथामिकतामा राख्ने प्रतिवद्धता जनाएका छन् । उनले ७ नम्बर वडाका रमणीय एवम पर्यकटीय स्थलहरुमा सवैलाई आकर्षित गराई वडाको चौतर्फी विकासमा आफ्नो ध्यान जाने बताए ।
श्रेष्ठ आफना योजनाहरुसहित मतदाताको घरदैलोमा पुग्दा मतदाताहरु उत्साही हुदै मतदान गर्न आतुर रहेको दावी गरे । ‘मेरो उम्मेदवारीले मतदाता एकदमै उत्साहित हुनुहुन्छ । मतदान गर्न आतुर हुनुहुन्छ । मैले आफुले गर्ने कामको स्पष्ट र भिजनसहित योजनाहरु ल्याएको छु ।’ उनले भने,‘म वडाका सवै मतदाताहरुसँग आग्रह गर्छु कि मलाई अमुल्य मत दिएर निर्वाचित गराइदिनुहुनेछ ।
उनी भन्छन् ‘राजनीति दलले युवालाई राजनीतिक स्वार्थका लागि मात्र प्रयोग गरे। तर, अवसरका समयमा पाखा लगाउने परिपाटीको अन्त्यका लागि आफ्नो उम्मेदवारी दिएको बताउँछन्। ‘पार्टीले काममा दलाउने । तर, अवसर नदिने परिपाटीको अन्त्य गर्न मेरो उम्मेदवारी रहेको श्रेष्ठले हिमालीसंचारडटकमसंग बताए ।