News Portal

आज ललितपुर महानगरपालिकामा गठबन्धनको चुनावी सभा हुदै

हिमालीसंचार संवाददाता
३७१ पटक

काठमाडौं – सत्तारपढ गठबन्धनले आज ललितपुर महानगरमा चुनावी सभा आयोजना गर्दैछ । नेपाली काँग्रेसले आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर चुनावी आमसभा आयोजना गर्न लागेको हो । ललितपुर महानगरमा  हुने चुनावी आमसभालाई गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता चिरिबाबु महर्जन प्रमुखको प्रत्याशी उम्मेदवारको रुपमा रहेका छन् ।  

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा आज गठबन्धनको तर्फबाट चुनावी सभा हुँदैछ । डडेलधुरामा चुनावी सभा हुने कार्यतालिका रहेको छ । सभालाई प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस्

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...

आज २०८२ साल चैत २२ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...