News Portal

  • केपी शर्मा ओलीको बुद्धिजीवीहरूप्रति आक्रोश व्यक्त

    हिमालीसंचार संवाददाता
    २१८ पटक

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बुद्धिजीवीहरूप्रति आक्रोश व्यक्त गर्दै आफ्नो विचार बुझ्ने बुद्धिजीवी नेपालमा नभएको बताएका ओलीको सामाजिक संजालमा चौतर्फी आलोचना शुरु भएको छ।

    नेकपा एमालेले पोखरा महानगरपालिकाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ओलीले भने,‘मेरो विचारलाई बुझ्ने बुद्धिजीवी नै छैनन् । मैले राखेको राष्ट्र निर्माणको विचारलाई उखान टुक्का भन्छन् । काँग्रेसले नेता कार्यकर्ताले त मेरो विचार बुझ्ने हैसियत नै राख्दैनन् ठिकै छ तर बुद्धिजीवीहरूले त बुझ्न पर्‍यो नि ? त्यसैले मैले उनीहरूलाई सो कोल्ड बुद्धिजीवी भन्ने गरेको छु । ’

    निर्वाचन सार्ने आशंका गरेका ओलीले पोखरमा गठबन्धनले निर्वाचनमा धाँधली गराउनका लागि कसरत गरिरहेको आरोप लगाए। ओलीले कार्यक्रममा पाँच दलीय गठबन्धन देशको कलङ्क भएको आरोप पनि लगाए । कार्यक्रममा गठबन्धनप्रति आक्रामक बन्दै ओलीले गठबन्धनको महानगर सभालाई वडा सम्मेलनसम्म तुलना गर्न पनि भ्याए । उनले कार्यकर्तालाई उत्साहित पार्दै चुनावमा विजयी गरिसकेको घोषणा गर्दै चुनावको दिनसम्म एमालेका उम्मेदवारलाई जिताउन प्रचारप्रसारमा लाग्न आग्रह गरे ।

    ओलीले गठबन्धनले चुनाव जित्न धाँधली गर्ने भन्दै चनाखो बन्न समेत कार्यकर्तालाई आग्रह गरे । अध्यक्ष ओलीले पोखरामा बिताएको आफ्नो तीन वर्षे जेल अनुभवको बेलिबिस्तार लगाए । जेलमा बस्दा पोखरेलीहरूले माया गरेको बताउँदै उनले पोखरेलीहरूप्रति आभार व्यक्त गरे ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...

    पिएसबी नेपालको वार्षिकोत्सवमा ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरु

    काठमाडौं, कार्तिक २३ – नेपाल टेलिभिजनले अंग्रेजी भाषामा नयाँ च्यानल ‘एनटिभी वर्ल्ड’ सञ्चालनमा ल्याएको छ।...

    स्वर्णलक्ष्मी सहकारी ठगीका फरार अभियुक्त बम्जन पक्राउ

    काठमाडौं, कार्तिक २३ – कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका एक फरार अभियुक्त पक्राउ परेका छन्।...

    आज २०८२ साल कार्तिक २३ गतेको राशिफल

    आज कार्तिक २३, २०८२ (नोभेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...