News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • थुलुङ दूधकोशी गाउँपालिकाको लागि माओवादी केन्द्रको प्रतिबद्धता- पत्र सार्वजनिक

    हिमालीसंचार संवाददाता
    १३७ पटक

    सोलुखुम्बु – स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले थुलुङ दूधकोशी गाउँपालिकाको लागि आफ्नो प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ ।

    बैशाख ३० गते हुन गइरहेको स्थानीय तहका निर्वाचनमा माओबादीले विजय हाँसिल गरेमा थुलुङ दूधकोशी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले ‘समाजवाद उन्मुख समृद्धि, आर्थिक विकास र सामाजिक न्यायमा अभिबृद्धि’ र ‘हाम्रो पालिका स्तरीय एक विशेष उत्पादन, एक वडा, एक विशेष पहिचान’ लगायतका प्रतिबद्धताहरु प्राथमिकता राखेर माओबादीले सार्वजनिक गरेको हो ।

    थुलुङ दूधकोशीको सर्वाङ्गीन विकास समृद्धिका लागि नेकपा माओवादी केन्द्रले ११ वटा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । जसमा अर्थतन्त्रको प्रमुख आधार; कृषिमा आमूल सुधार, उद्यमशीलताको विकास–रोजगारीको अवसर, आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता, निःशूल्क र गुणस्तरीय विद्यालय शिक्षा, वन तथा जैविक विविधता, भौतिक पूर्वाधार, पर्यटन तथा उद्योग, युवा खेलकुद, मानव संसाधन र औद्योगिक विकास, संस्कृतिक रुपान्तरण र सामाजिक सद्भाव, विपद् ब्यवस्थापन र सुशासन रहेका छन् ।

    सार्वजनिक घोषणा–पत्रमा नागरिकको आधारभूत आवश्यकताको परिपूर्ती र गरिबी निवारण, वस्तु तथा सेवाको सहज आपूर्ती, उत्पादनमुखी अर्थब्यवस्थाको निर्माण, रोजगारीका अवसरहरुको सर्जना, विचौलियाहरुको भूमिकालाई न्यूनीकरण, वातावरणमैत्री विकास पूर्वाधार, आर्थिक सामाजिक तथा वातावरणीय विकासको सन्तुलन विकास नीति र प्राथमिकतामा रहेको उल्लेख गरिएको छ ।

    थुलुङ दूधकोशी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट असिम राईले पुनः उम्मेवादरी दिएका छन् । ९ वटा वडा रहेको थुलुङ दूधकोशी गाउँपालिकामा आफूले सुरु गरेको विभिन्न निर्माणाधीन योजनाहरु पूरा गर्नुका साथै अन्य विभिन्न योजनाहरु ल्याएर मुलुककै नमूना गाउँपालिका बनाउनका लागि आफूले पुनः अध्यक्षमा उम्मेदवारी दिएको हिमालीसंचारडटकमसंग बताए। 

    त्यस्तै, अधिकांश स्थानीय जनताले पनि उत्कृष्ट थुलुङ दूधकोशी गाउँपालिका निर्माणका लागि असिम राईको विकल्प नभएको बताउछन्   

    ‘अर्थतन्त्रको प्रमुख आधारः कृषिमा आमूल सुधार’मा के–के छन्?

    – कृषिको आधुनिकीकरणसहित रुपान्तरणका लागि भूमिको उचित ब्यवस्थापन, सिंचाईको उचित ब्यवस्था, कृषिको यान्त्रिकीकरण र ब्यवसायिकरण, साना सझौला किसानहरुको सहकारी संगठन र समूहहरुको निर्माण, ठूलो परिमाणको उत्पादनसहित मूल्य अभिबृद्धि श्रृङ्खलामा जोड दिइनेछ ।

    – कृषि उपजको समर्थन मूल्य तोकिनेछ । थुलुङ दूधकोशी गाउँपालिकामा शीत भण्डार, संकलन तथा प्रशोधन केन्द्र र कृषि बजारको ब्यवस्था गरिनेछ ।

    – प्रत्येक कृषि पेशामा संलग्न किसानहरुलाई किसान परिचय–पत्र, कृषक पेन्सनको ब्यवस्था गरिनेछ र कृषिमा आमूल रुपान्तरणको लागि सहुलियत ऋण तथा अनुदान, ब्यवसायिक तालिम, प्रविधि र प्राविधिक जनशक्ति र बजारीकरणमा आवश्यक सहुलियतको ब्यवस्था गरिनेछ ।

    – भू–उपयोगको नीति अवलम्बन गरी जमीन बाँजो राख्ने कार्यलाई निरुत्साहित गर्दै माटो जाँच, मलखाद, विउविजन, कृषि औजार र सिंचाईमा ऋण एवं अनुदानको ब्यवस्था गरी सामूहिक तथा ब्यवसायिक खेतीलाई प्रोत्साहन गरी उत्पादनमा जोड दिने ।

    – मापदण्ड बनाई संख्याका आधारमा पशुको बीमा र पशुपालनमा अनुदानको ब्यवस्था गरी ब्यवसायिक पशुपालनमा कृषकहरुलाई आकर्षित गरी दुग्धजन्य, मासुजन्य र बस्त्रजन्य उत्पादनमा जोड दिई कृषकको आयस्रोत बढाउने ।

    – कृतिम गर्भाधान (आईए)मार्फत् गाई, भैंसी, बाख्रा, बंगुरको नश्ल सुधार गरी उन्नत पशुपालनमा कृषकहरुलाई आकर्षित गर्ने ।

    – पकेट/जोन कार्यक्रममार्फत् नगदेबाली, मसलाबाली र फलफूलको उत्पादनमा बृद्धि गर्दै प्रविधियुक्त भण्डारण, प्रशोधन, प्याकेजिङ र लेभलिङ गरी बजारीकरणको ब्यवस्था गर्ने ।

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा गएनन् दुई पूर्वप्रधानमन्त्री देउवा र भट्टराई

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा अनुपस्थित् भएका छन्।...

    स्वर्णिमले रास्वपा कब्जा गर्न रवि लामिछानेलाई जेल कोच्ने आधार खडा गरे : मुकुल ढकाल

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका निश्काशित महामन्त्री डा. मुकुल ढकालले पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले नै...

    सुन तोलामै १५ हजार सस्तिने, कहिलेदेखि लागू हुन्छ ?

    काठमाडौं। सरकारले सुनचाँदीको आयातमा लाग्ने भन्सार महसुल दर घटाएको छ। भारतमा सुनको भन्सार महसुल थोरै...

    प्रहरी विधयेक आइतबार मन्त्रिपरिषद्‍मा पेस

    काठमाडौँ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न वनेको...

    बीआरआईबारे कांग्रेसमा तीनथरी मत, यही कारण सरकार नढलोस् भनेर ओली–देउवा सचेत

    काठमाडौँ। सत्ता गठबन्धनको एक मुख्य घटक नेपाली कांग्रेसले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)...