News Portal

इटहरी उपमहानगरपालिकाको विकासको जिम्मा मेरो भयो: केपी ओली

हिमालीसंचार संवाददाता
२५५ पटक

इटहरी – नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले यामकुमार सुब्बा र संगीता चौधरीलाई जिताउन आग्रह गर्दै इटहरीको विकासको जिम्मा आफूले लिने बताए ।

स्थानीय तहका निर्वाचनका लागि पूर्वका इटहरी धरान पुगेका अध्यक्ष ओलीले इटहरीमा आयोजित नेकपा एमालेको चुनावी आमसभालाई सम्वोधन गर्ने क्रममा इटहरीका उम्मेदवार यामकुमार सुब्बा र संगीता चौधरीलाई जिताए, इटहरीको समग्र विकासको वजेट र योजनाको कुनै खाँचो नहुने वताएका हुन् । 

ओलीले थप भनेका थिए; ‘भोट हाल्ने काम तपाईँहरूको, विजयी बनाउने काम तपाईँहरूको’ त्यसपछि ‘विकासको जिम्मा उहाँहरूले लिनुहुन्छ, यामकुमार सुब्बा मेरो प्रतिनिधि हो, मलाई हटलाईनमा सोझै सम्पर्क गर्नु हुन्छ, सोझै संवाद गर्नुहुन्छ इटहरीको विकासको जिम्मा म लिन्छु ।’

आगामी प्रतिनिधिसभाको चुनावमा एमालेले बहुमत ल्याउने र एमालेको सरकार बन्ने भएकाले इटहरीको विकासका लागि बजेट अभाव हुन् नदिने बताए । अध्यक्ष ओलीले द्वारिकलाल चौधरी र लक्ष्मी गौतमको कार्यकालमा इटहरीमा भएको कामको प्रशंसा गरेका उनले उनीहरु अग्रमोर्चामा सरिक भएर एमाले उम्मेदवारहरुलाई जीताउन लागि परेको भन्दै धन्यवाद समेत दिए । 

इटहरीको विकासको वाँकी कामलाई अघि वढाउन, सुन्दर र आधुनिक विकसित नमूना नगर वनाउने कामको अभिभारा याम संगीताको काधमा आउन लागेको बताएका ओलीले सूर्यध्वजावाहक उम्मेदवारलाई जीताउन इटहरीवासीलाई आग्रह गरेका थिए। 

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...