News Portal

खोटाङ जिल्लाका दुई पुर्वप्रधानाध्यापकवीच रोचक प्रतिस्पर्धा

हिमालीसंचार संवाददाता
२९२ पटक

खोटाङ – खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिकामा दुई पुर्व प्रधानाध्यापक वीच वडाअध्यक्षका लागि रोचक प्रतिस्पर्धा रुने भएको छ। आगामी बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा पुर्वप्रधानाध्यापक ढकबहादुर कार्की र शिवकुमार श्रेष्ठ वीच वडाअध्यक्षमा रोचक प्रतिस्पर्धा हुने भएको हो ।

जिल्लाका डाँडाखर्क आधारभुत विद्यालयका पुर्वप्रधानाध्यापक रहेका कार्की नेपाली कांग्रेस र शंखेश्वरी माबिका पुर्वप्रधानाध्यापक श्रेष्ठले नेकपा एमालेले वडाअध्यक्षका लागि उम्मेदवार मनोनयन दर्ता गरेका हुन् । 

कार्कीसँग २७ वर्ष र श्रेष्ठसँग ३९ वर्ष शिक्षण गरेको अनुभव छ । कार्की २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका टंककुमार मगरसँग ९३ मतले पराजित भएका अनुभवी उम्मेदवार हुन् फने श्रेष्ठ पहिलो पटक चुनावी मैदानमा उत्रिएका हुन्।

कार्कीले २०६४ सालमा प्रधानाध्यापकबाट राजीनामा दिएर वडाअध्यक्षका लागि उम्मेदवार बनेका थिए । नेपाली कांग्रेसले उनलाई पुन; वडाअध्यक्षमा टिकट दिएको हो । कार्कीले वडा अध्यक्षमा निर्वाचित भए सरकारी सुविधा नलिने घोषणा सहित चुनावी अभियानमा निस्किएका छन् ।

यता श्रेष्ठ भने अवकाशको समय नजिकिँदै गर्दा शिक्षण पेशा त्यागेर पहिलोपटक राजनीतिमा होमिएका हुन् । एकै गाउँका दुई पुर्वप्रधानाध्यापक बीचको रोचक प्रतिस्पर्धा भइरहेको छ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...