News Portal

एमाले मजबुत बन्दै गएको छ- उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ

हिमालीसंचार संवाददाता
४१० पटक

काठमाडौ– नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले छोडेर जानेभन्दा आउने धेरै भएकाले एमाले मजबुत बन्दै गएको दाबी गरेका छन्। सिरिजंगा ३ आम्बेगुदिनमा आयोजित सभालाई शुक्रबार सम्बोधन गर्दै नेम्वाङले एमालेको जनलहर देखेर आत्तिएकाहरुले गठबन्धन बनाएको तर निर्वाचनपछि आफैं शिथिल हुने ठोकुवा गरे।

हेरिरहनु होला हाम्रो जनलहर देखेर बनाएको गठबन्धन निर्वाचनपछि आफैं शिथिल हुन्छ। उनले भने  जतिसुकै गठबन्धन भए पनि एमालेलाई रोक्न सक्ने अवस्था नभएको र वैशाख ३० गतेपछि मुलुकको नेतृत्व एमालेले लिनेमा ढुक्क रहन कार्यकर्तालाई आश्वस्त पारे।
राष्ट्रियताको भावना र कार्यशैलीले जनताको मन जितेको बताउँदै उनले यही ओजका कारण स्थानीय तह निर्वाचन नतिजामा एमाले अब्बल देखिने बताए। एमालेलाई धुलो चटाउँछौं भन्नेहरु बैशाखी समाएकोमा आश्चर्य लागेको उनले बताए। अहिलेको बैशाखी वैशाखपछि समाउनै नसक्ने हुने उनको दाबी छ।
नेता महेश बस्नेतले गठबन्धन सरकारले देशको अर्थतन्त्र डामाडोल बनाएको बताए। ‘देशको अर्थतन्त्र टाट पल्टिएको छ। महँगी अचाक्ली बढेको छ। बैंकहरुमा आर्थिक तरलता भएको छ। सात दिनमा एकपटक जनताले सहनै नसक्ने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुन्छ। उनले भने खाने तेल लगायतका दैनिक उपभोग्य वस्तुमा अचाक्ली मूल्यवृद्धि छ। यस्तो सरकारबाट तपाईंहरुले के आश गर्न सक्नुहुन्छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...