News Portal

एमाले मजबुत बन्दै गएको छ- उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ

हिमालीसंचार संवाददाता
३६२ पटक

काठमाडौ– नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले छोडेर जानेभन्दा आउने धेरै भएकाले एमाले मजबुत बन्दै गएको दाबी गरेका छन्। सिरिजंगा ३ आम्बेगुदिनमा आयोजित सभालाई शुक्रबार सम्बोधन गर्दै नेम्वाङले एमालेको जनलहर देखेर आत्तिएकाहरुले गठबन्धन बनाएको तर निर्वाचनपछि आफैं शिथिल हुने ठोकुवा गरे।

हेरिरहनु होला हाम्रो जनलहर देखेर बनाएको गठबन्धन निर्वाचनपछि आफैं शिथिल हुन्छ। उनले भने  जतिसुकै गठबन्धन भए पनि एमालेलाई रोक्न सक्ने अवस्था नभएको र वैशाख ३० गतेपछि मुलुकको नेतृत्व एमालेले लिनेमा ढुक्क रहन कार्यकर्तालाई आश्वस्त पारे।
राष्ट्रियताको भावना र कार्यशैलीले जनताको मन जितेको बताउँदै उनले यही ओजका कारण स्थानीय तह निर्वाचन नतिजामा एमाले अब्बल देखिने बताए। एमालेलाई धुलो चटाउँछौं भन्नेहरु बैशाखी समाएकोमा आश्चर्य लागेको उनले बताए। अहिलेको बैशाखी वैशाखपछि समाउनै नसक्ने हुने उनको दाबी छ।
नेता महेश बस्नेतले गठबन्धन सरकारले देशको अर्थतन्त्र डामाडोल बनाएको बताए। ‘देशको अर्थतन्त्र टाट पल्टिएको छ। महँगी अचाक्ली बढेको छ। बैंकहरुमा आर्थिक तरलता भएको छ। सात दिनमा एकपटक जनताले सहनै नसक्ने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुन्छ। उनले भने खाने तेल लगायतका दैनिक उपभोग्य वस्तुमा अचाक्ली मूल्यवृद्धि छ। यस्तो सरकारबाट तपाईंहरुले के आश गर्न सक्नुहुन्छ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...