News Portal

म्याग्दीमा गौबहादुरले उम्मेदवारलाई खुट्टामा ढोगेर आशीर्वाद दिए, दुबैको आखामा आशु थिए

हिमालीसंचार संवाददाता
२९६ पटक

म्याग्दी – म्याग्दीको रघुगंगा गाउँकी मीना विश्वकर्मा यसपालि वडासदस्य उठ्ने तयारी गर्दै थिइन्। केही स्थानीयले गाउँपालिका अध्यक्ष नै उठ्नुपर्छ भने। तर पार्टीमा धेरै नेता अध्यक्षका आकांक्षी भएकाले मीनाले आँट गरेकी थिइनन्।

अलमलमै रहेका बेला स्थानीयले उनलाई ढाडस दिए। मीनाले गाउँपालिका अध्यक्ष उठ्ने निधो गरिन्। नेकपा माओवादीले उनलाई टिकट पनि दियो। यसरी अध्यक्षमा उम्मेदवारी दर्ता गरेपछि मीना अहिले चुनावी प्रचारप्रसारमा व्यस्त छिन्। 

यही क्रममा उनले रघुगंगा-६, पाखापानी पुगेर माओवादीका पुराना नेता गौबहादुर विश्वकर्मासँग आशीर्वाद मागिन्।गाउँपालिका अध्यक्ष उठ्ने हिम्मत गरेको भन्दै गौबहादुरले मीनाको खुट्टै ढोगेर आशीर्वाद दिए। उनीहरूबीच नाता साइनो पनि थियो। 

‘म अध्यक्षमा उठेँ मामा, आशीर्वाद दिनुस् भनेको थिएँ, उहाँले मेरो खुट्टा ढोगेर आशीर्वाद दिनुभयो,’ मीनाले भनिन्, ‘उहाँको आँखाभरी आँशु देखेँ, मैले पनि मन थाम्न सकिनँ।’ दलित महिलाको गाउँपालिका चुनाव लड्ने हिम्मत देखेर हर्षले आँखा भरिएको गौबहादुर बताउँछन्।

‘हामी सधैं किन तल पर्ने, तिमीले साहस गर्‍यौ,’ गौबहादुरले भने, ‘छोरी तिमीले जनतालाई सेवा गर्ने र विकासका काम गरेर देखाउनुपर्छ।’ गौबहादुरले उम्मेदवारको खुट्टा ढोगेको फोटो सामाजिक सञ्जालमा भाइरल पनि भएको थियो।

गाउँमा बाटोघाटो बनाउन होस् वा खानेपानी र सामुदायिक भवन- विभिन्न समितिमा बसेर काम गरेकी थिइन् मीनाले। त्यही अनुभवका आधारमा उनले गाउँपालिका हाँक्ने अठोट गरेकी छन् र घरदैलो गर्दै मत मागिरहेकी छन्।

घरदैलोमा पुग्दा मीनाले ठूला सपना देखाएकी छैनन्। उनी गाउँको विकास निर्माण र विभेदरहित समाजको कुरा गर्छिन्। दलित समुदायमाझ पुग्दा उनलाई धेरैले हौसला दिएका छन्।गाउँमा पहिलेजस्तो छुवाछुत अहिले छैन। तर पनि दलितलाई हेर्ने दृष्टिकोण अझै विभेदकारी रहेको मीनाको अनुभव छ।

‘अझै पनि भित्रभित्रै छुवाछुत र विभेद गर्छन्,’ उनले भनिन्, ‘म अध्यक्ष जितेँ भने छुवाछुत हटाउने अभियान नै चलाउँछु।’ गौबहादुरले जस्तै अन्य गाउँका दलित समुदायले पनि आफूलाई सम्मान गरेको मीनाले बताइन्। उनले कांग्रेस उम्मेदवार भवबहादुर भण्डारी, एमालेका प्रेमबहादुर कार्की र स्वतन्त्र उम्मेदवार सागर भण्डारीसँग गाउँपालिका अध्यक्षमा प्रतिस्पर्धा गर्नुपर्नेछ।

मीनाले चुनाव जित्छिन् कि जित्दिनन्, त्यो वैशाख ३० पछि मात्र थाहा हुनेछ। तर उनले दलित समुदाय र आममहिलाको मन जितिसकेको माओवादीका स्थानीय नेता-कार्यकर्ता बताउँछन्।‘मीनाजीको उम्मेदवारीले दलित समुदायमा उत्साह छाएको छ,’ माओवादी केन्द्रका नेता हरि भण्डारीले भने, ‘उहाँलाई जिताउनुपर्छ भनेर समुदायले साथ दिएका छन्।’

बेनीको पात्लेखेतमा १० कक्षा पढ्दा पढ्दै १७ वर्षमै विवाह गरेकी मीना माओवादीनिकट अखिल क्रान्तिकारी र वाइसिएलमा आबद्ध थिइन्। दस वर्ष र तीन वर्षका दुई छोराका आमा उनलाई चुनावी अभियानमा उनका श्रीमानले साथ दिएका छन्। ‘श्रीमान् मसँगै भोट माग्न हिँड्नुभएको छ,’ उनले भनिन्, ‘मलाई परिवार र पूरै समुदायको साथ छ।’

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...