News Portal

खोटाङ जिल्लामा आचारसंहिता उल्लंघन गर्दै राखिएका झण्डा स्वयं दलले हटाए

हिमालीसंचार संवाददाता
२२५ पटक

खोटाङ – खोटाङ जिल्लाका राजनैतिक दलले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चोक चोक, धर धर र गाउटोलमा राखेका झण्डा हटाइएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीको गठबन्धन, नेकपा एमाले र राप्रपाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै जिल्लाको दिक्तेलबजार विभिन्न पालिकाहरुमा जताततै राखेका झण्डा स्वयं तिनै दलले हटाएका हुन् ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै पार्टीका चिन्ह अंकित झण्डा राखेको पाइएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार बिहान १० बजेभित्र जिल्लाका सबै पार्टीको झण्डा हटाउन लगाएको थियो ।

जिल्लामा केही दिन ढिलागरी दलका कार्यकर्ताले घर, पसल, विजुलीका पोलमा राखेका आ–आफ्नो झण्डा निकालेका हुन् । बजारका दायाँ–वायाँ देखिने झण्डा अहिले पार्टीको सम्पर्क कार्यालयमा मात्र देखिन्छ ।

आगामी ३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनमा होमिएका राजनैतिक दलले निर्वाचन आचारसंहिता विपरित मुख्य–मुख्य बजार तथा चोकमा रंगी बिरंगीका पार्टीको झण्डा झुण्ड्याएका थिए ।

जिल्लाको सदरमुकाम दिक्तेलबजारका अधिकांश घर, पसल तथा होटल अगाडि पार्टीको चिन्ह अंकित झण्डा फहराइएको थियो । दिक्तेलबजारका कतिपय विद्युतका पोलमा समेत पार्टीका झण्डा झुण्ड्याएको देखिएको थियो । बजारका केही ठाउँमा पार्टीको चिन्ह अंकित तोरण समेत टाँगिएको थियो ।

जिल्लाका दिक्तेल बाहेक ऐसेलुखर्क, बाक्सिला, हलेसी, दुर्छिम, खोटाङबजार, चिसापानी, मात्तिम लगायतका प्रमुख केन्द्रहरुमा समेत आचार संहिता उल्लंघन गर्दै पार्टीको चिन्ह अंकित झण्डा राखेको पाइएको छ ।

तर त्यी स्थानमा राखिएका पार्टीका झण्डा भने हटाइएका छैनन् । सदरमुकाम दिक्तेल बाहिर निर्वाचन आचारसंहिता उल्लंघन भइरहेको छ । निर्वाचन प्रचार प्रसार, आमसभा तथा जुलुसमा १८ वर्ष उमेर पुरा नभएका बालबालिकाको प्रयोग समेत भइरहेको देखिएको छ ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...