News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • यस्तो राम्रो काम गर्ने रेनुलाई हरायो भने जनताले के भन्लान्- देउवा

    हिमालीसंचार संवाददाता
    १७५ पटक

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको मेयरमा सत्तागठबन्धनकी साझा उम्मेदवार रेनु दाहाललाई जिताउन आग्रह गरेका छन्।

    उनले चुनावी तालमेललाई लिएर कांग्रेसभित्र कुनै बखेडा नगर्न पनि निर्देशन दिएका थिए। आफू महाधिवेशनमा ८२ प्रतिशत मत ल्याएर जितेको देउवाको भनाइ थियो। देउवाले चितवनको मेयरका रूपमा रेनुले पाँच वर्ष राम्रो काम गरेको भन्दै प्रशंसा पनि गरेका छन्।

    ‘रेनुले यहाँ जितिसक्नुभएको छ। हाम्रो पार्टीले बखेडा गर्नु आवश्यक छैन,’ आज चितवनमा सत्तागठबन्धनले गरेको चुनावी सभामा उनले भने, ‘साथीहरूले रेनु दाहालजीलाई सहयोग गर्नुपर्छ भन्ने मेरो मान्यता छ।’

    उनले रेनुको नेतृत्वमा विभिन्न ठाउँमा सडक कालोपत्र भएको पनि बताए। ‘उहाँले स्मार्ट सिटी बनाउने घोषणा गर्नुभएको छ के यो सानो कुरा हो?’ देउवाले प्रश्न गरे, ‘अन्तर्राष्ट्रिय क्रिकेट मैदान, सभाहल बनेका खण्डमा यहाँ राम्रो हुनेछ।’ उनले यस्तो काम गर्ने मानिस नै मेयर हुनुपर्ने बताए। ‘यस्तो काम गर्ने मानिस नभएर को हुन्छ यहाँ?,’ उनले भने। 

    उनले एक्लै कुनै पनि पार्टीले बहुमत नल्याउने भएकोले गठबन्धन आवश्यक पर्ने बताए। उनले चितवनमा गठबन्धनको विरोध हुनु भनेको गठबन्धन टुटाउने षड्यन्त्र भएको दाबी गरेका थिए।‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ। 

    भरतपुरबाट गठबन्धन टुटाउन हुन्न। गठबन्धन टुट्यो भने हाम्रो पार्टी पनि खत्तम हुन्छ,’ देउवाले भने, ‘राम्रो काम गर्‍यो भने भोलि हाम्रा साथीले पनि ठाउँ पाउनुहुन्छ। हामीलाई अर्कोपटक सहयोग गर्नुस् भनौंला। रेनुलाई जिताउनु हाम्रो कर्तव्य हो। यस्तो राम्रो काम गर्ने मानिसलाई हरायो भने यहाँका जनताले के भन्लान्?’

    उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सजिलो मानिस भएको पनि बताए। ‘प्रचण्ड सजिलो मानिस हुनुहुन्छ तपाईंहरूले चिन्नुभएकै छैन,’ उनले भने।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख १२, २०८२ (अप्रिल २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    काठमाडौंमा ट्राफिक प्रहरीद्वारा सर्वसाधारणमाथि निर्घात कुटपिट : भिडियो सामाजिक सञ्जालमा भाइरल

    काठमाडौं, वैशाख ११ – काठमाडौं उपत्यकामा खिचिएको भनिएको एक भिडियोले अहिले सामाजिक सञ्जाल तताएको छ,...

    एमसीसी बन्द गर्ने तयारीमा अमेरिका: डजले सुरु गर्‍यो कर्मचारी कटौती

    वासिङ्टन डीसी, वैशाख ११ – एलन मस्कको नेतृत्वमा रहेको ट्रम्प प्रशासन अन्तर्गतको सरकारी खर्च कटौती...

    शिक्षक आन्दोलन चर्किंदै जाँदा विद्यार्थीहरू गाउँघरमा खेल्न व्यस्त

    मोरङ, वैशाख ११ – पछिल्ला तीन सातादेखि काठमाडौंमा शिक्षकहरू आन्दोलनरत छन्। देशभरका सामुदायिक विद्यालयहरू बन्द...

    आजको राशिफल

    आज वैशाख ११, २०८२ (अप्रिल २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...