News Portal

यस्तो राम्रो काम गर्ने रेनुलाई हरायो भने जनताले के भन्लान्- देउवा

हिमालीसंचार संवाददाता
२९५ पटक

काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको मेयरमा सत्तागठबन्धनकी साझा उम्मेदवार रेनु दाहाललाई जिताउन आग्रह गरेका छन्।

उनले चुनावी तालमेललाई लिएर कांग्रेसभित्र कुनै बखेडा नगर्न पनि निर्देशन दिएका थिए। आफू महाधिवेशनमा ८२ प्रतिशत मत ल्याएर जितेको देउवाको भनाइ थियो। देउवाले चितवनको मेयरका रूपमा रेनुले पाँच वर्ष राम्रो काम गरेको भन्दै प्रशंसा पनि गरेका छन्।

‘रेनुले यहाँ जितिसक्नुभएको छ। हाम्रो पार्टीले बखेडा गर्नु आवश्यक छैन,’ आज चितवनमा सत्तागठबन्धनले गरेको चुनावी सभामा उनले भने, ‘साथीहरूले रेनु दाहालजीलाई सहयोग गर्नुपर्छ भन्ने मेरो मान्यता छ।’

उनले रेनुको नेतृत्वमा विभिन्न ठाउँमा सडक कालोपत्र भएको पनि बताए। ‘उहाँले स्मार्ट सिटी बनाउने घोषणा गर्नुभएको छ के यो सानो कुरा हो?’ देउवाले प्रश्न गरे, ‘अन्तर्राष्ट्रिय क्रिकेट मैदान, सभाहल बनेका खण्डमा यहाँ राम्रो हुनेछ।’ उनले यस्तो काम गर्ने मानिस नै मेयर हुनुपर्ने बताए। ‘यस्तो काम गर्ने मानिस नभएर को हुन्छ यहाँ?,’ उनले भने। 

उनले एक्लै कुनै पनि पार्टीले बहुमत नल्याउने भएकोले गठबन्धन आवश्यक पर्ने बताए। उनले चितवनमा गठबन्धनको विरोध हुनु भनेको गठबन्धन टुटाउने षड्यन्त्र भएको दाबी गरेका थिए।‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ। 

भरतपुरबाट गठबन्धन टुटाउन हुन्न। गठबन्धन टुट्यो भने हाम्रो पार्टी पनि खत्तम हुन्छ,’ देउवाले भने, ‘राम्रो काम गर्‍यो भने भोलि हाम्रा साथीले पनि ठाउँ पाउनुहुन्छ। हामीलाई अर्कोपटक सहयोग गर्नुस् भनौंला। रेनुलाई जिताउनु हाम्रो कर्तव्य हो। यस्तो राम्रो काम गर्ने मानिसलाई हरायो भने यहाँका जनताले के भन्लान्?’

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सजिलो मानिस भएको पनि बताए। ‘प्रचण्ड सजिलो मानिस हुनुहुन्छ तपाईंहरूले चिन्नुभएकै छैन,’ उनले भने।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...