News Portal

केपी ओलीले सगरमाथामा धान फलाउँछु भन्न बेर छैन’ : राजेन्द्र श्रेष्ठ

हिमालीसंचार संवाददाता
३०१ पटक

काठमाडौं – जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले केपी शर्मा ओली गफाडी भएको बताउदै चितवनको भरतपुर महानगरमा सत्ता गठबन्धनको सभामा बोल्दै जसपा नेता श्रेष्ठले केपी ओलीले गफ धेरै र काम थोरै हुने गरेको बताएका हुन्।

उनले भने, ‘केपी ओलीले संविधान, लोकतन्त्र, संघीयता खान खोज्यो। त्यही भएर आज गठबन्धन बन्यो। सर्पले दूध खाए पनि विष ओकल्छ। केपीले मोही खाए पनि विष लाग्छ। आइलभ यू केपी बा भन्नेहरुले बुझ्नुपर्‍यो, समृद्धिको नारा सपनामात्रै भयो। केपी ओली यस्तो कुरौटे हो कि सगरमाथामा धान फलाउँछु भन्न बेर छैन।’

नेता श्रष्ठले संयुक्त गठबन्धनलाई विजयी बनाउन आग्रह गरे। समृद्धिका सपनाहरु यही जीवनकालमा पूरा गर्नुपर्ने र त्यसका लागि यो गठबन्धनलाई बिजयी बनाउनुपर्ने बताए।

‘गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउनुपर्छ। रेणु दाहाल अनुभवी हुनुहुन्छ। रेणु दाहाल र मीत्रसेन अधिकारी बाघ हो। उहाँहरु गज्रिएपछि यहाँका स्यालहरु भाग्छन्।’भनेका थिए। 

प्रतिकृया दिनुहोस्

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...