News Portal

भोजपुरमा स्थानीय कमिटी एमालेसँग मिलेपछि कांग्रेसलाई तनाव, गाउँपालिका सभापति बर्खास्त

हिमालीसंचार संवाददाता
२९२ पटक

काठमाडौं – नेपाली कांग्रेस जिल्ला कार्यसमिति भोजपुर जिल्लाका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेका एकजना गाउँपालिका सभापतिलाई पार्टीले बर्खास्त गरेको छ।

भोजपुर जिल्लाको आम्चोक गाउँपालिकाको दश वटा वडाहरुमा नेपाली कांग्रेस गाउँ कार्य समितिले एमालेसँग तालमेल गरेर चुनाव लडेपछि जिल्ला कार्य समितिले त्यहाँका सभापति रविन राईलाई पदबाट बर्खास्त गरेको हो। आम्चोकमा स्थानीय तहको चुनावका लागि तालमेल गरेपछि कांग्रेसकी उम्मेदवार भगवती राईले एमालेलाई सघाउने निर्णय लिएकी थिइन्।

कांग्रेसको जिल्ला नेतृत्वले उम्मेदवारी कायमै राख्नुपर्ने दबाब दिएर मनोनयन फिर्ता लिन रोकेको थियो। तर उनले यसअघि नै विज्ञप्ति निकालेर आफूले एमालेका वसन्त राईलाई सघाएको घोषणा गर्दै भोट माग्न नहिँड्ने घोषणा गरेकी थिइन्। 

नेकपा एमालेले यस पालिकाको ६ वटा वडा र कांग्रेसले ४ वटा वडा बाँडफाँट गरेर माओवादीविरुद्ध चुनावी मैदानमा होमिएका छन्। २०७४ सालमा नेकपा माओवादी केन्द्रले जितेको यहाँ गठबन्धन दलबीच एक्ला एक्लै लड्ने सहमति भएको थियो। तर जिल्लाको निर्णयलाई अस्वीकार गर्दै कांग्रेसको स्थानीय कमिटीले एमाले स्थायी कमिटी सदस्य शेरधन राईको गृहनगर रहेको आम्चोकमा तालमेल गरेको थियो।

स्थानीय तहका निर्वाचनका लागि तालमेलअनुसार अब कांग्रेसले गाउँपालिका अध्यक्षमा एमालेलाई सघाएको छ। तर जिल्ला कमिटी सभापति विनोद बान्तावाले एमालेलाई प्रतिगामी तत्वको संज्ञा दिँदै आफ्नो निर्देशन नमानेको आरोपमा गाउँ कार्य समिति सभापति राईलाई बिहीबार बर्खास्त गरेका हुन्। 

‘आम्चोक गाउँपालिकाको नेपाली कांग्रेस सभापति रविन राईलाई गठबन्धनको नीति र नेपाली कांग्रेस पार्टीको निर्देशनविपरीत काम गरेको हुँदा २४ घण्टे स्पष्टीकरण सोधिएको थियो’, बान्तावाले भनेका छन्, ‘उक्त विषयलाई बेवास्ता गरेर पार्टी अनुशासन गम्भीर रूपमा उलङ्घन गरेकाले आजैको मितिदेखि सभापति पदबाट बर्खास्त गरी कारवाही गरिएको छ।’ 

कांग्रेसले गठबन्धनको नीतिविपरीत साल्पाशिलिछो गाउँपालिकामा माओवादी केन्द्रलाई उपाध्यक्षका उम्मेदवार परे आफ्नोतर्फबाट अध्यक्ष र उपाध्यक्ष दुवै पदमा मनोनयन दर्ता गरिएको भन्दै कारवाही चलाएको छ।

त्यहाँ उम्मेदवारी फिर्ता गर्न नमानेको भन्दै उपाध्यक्षमा मनोनयन दर्ता गराएकी अस्मिता राईलाई साधारण सदस्यसम्म नरहने गरी नेपाली कांग्रेसबाट निष्काशन गरिएको बान्तावाले बताएका छन्। 

बान्तावाले आम्चोक गाउँपालिकामा गठबन्धनको नीति र कांग्रेसको निर्देशन नमानी प्रतिगामी तत्व एमालेसँग अपवित्र गठबन्धन गर्नेलाई सख्त कारवाही गरिने बान्तावाले बताए। 

‘इमान्दार कांग्रेस पार्टीका कार्यकर्ताहरूलाई गठबन्धनको पक्षमा दह्रोसँग उभिन पार्टीको चुनाव चिन्ह रुखमा मतदान गर्न कडा निर्देशन गर्दछ’, बान्तावाले भनेका छन्, ‘प्रतिगामी तत्वसँगको अपवित्र गठबन्धन हाम्रो पार्टी कांग्रेस सम्पूण रूपले खारेज गर्दछ।’

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...