News Portal

धरानका मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको लोकप्रियता ह्वात्तै बढ्यो

हिमालीसंचार संवाददाता
४६० पटक

सन्जिब कोयी/धरान – धरान उपमहानगरपालिका धरानका मेयर पदका स्वतन्त्र उम्मेदवारी दिएका हर्क साम्पाङको लोकप्रियता धरानमा ह्वात्तै बढेको छ। 

पछिल्लो समय धरानका चोक चोकमा रहेका चिया पसल, ग्यारेज होस या शैलुन। धरानको गर्मी छल्न बसेका समुहहरुमा चुनावी गर्मी बढेको छ। सबैको एउटै सल्लाह भईरहेको हुन्छ।  यस पालीको भोट हर्क साम्पाङलाई। काठमाडौ महानगरपालिका र पोखरा महानगरपालिकाको स्वतन्त्र उम्मेदवार दिएका मेयरका प्रत्यासी बालेन शाह र गनेस पौडेलका जस्तै धरानमा हर्क साम्पाङको चर्चा र लोकप्रियता उनको अथक प्रयास, मेहनत र इमान्दारीताले ह्वात्तै बढेको हो। 

भूमिलाई ढोगेर चुनावी अभियान शुरु गरेका हर्क साम्पाङले धरान उपमहानगरपालिका धरानका टोल टोल र चोकहरुमा घर दैलो कार्यक्रममा हात जोडेर “लौरो” चुनाव चिन्ह्रमा मतदान गर्न अनुरोध गर्दै यसपालि धरान उपमहानगरपालिका धरानको मेयर पदमा जित सुनिश्चि भएको दाबी गर्छन्। 

मेरो अनलाईनका चर्चित युटुवर विश्व लिम्बु समेत घरान पुगेर हर्क साम्पाङसंग उनका चुनावी एजेन्डा सहित चुनावका विषयमा केन्द्रित भएर ५६ः५५ मिनेट लामो अन्तरसम्बाद गरेका छन्। “नागरिक भन्दा मेयर तल हो, धरानका मतदाता र करदाता सर्वोच्च स्थान दिने” बताएका साम्पाङले आफ्नो जित हुने विश्वास व्यक्त गरेका छन् । 

२०४८ सालमा नेकपा एमालेका नेता मनमोहन अधिकारी निर्वाचित भएको क्षेत्र हो धरान। २०६४ सालको संविधानसभाका निर्वाचन बाहेक प्रत्येक संधीय निर्वाचन एमालेको पक्षमा हुन्थ्यो धरान। २०७४ सालमा समेत एमालेले आफ्नो लालकिल्ला कायम राख्यो। तर उपनिर्वाचनमा नेपाली कांग्रसका तिलक राईको नेतृत्वले वामपन्थी किल्ला ढाल्यो। 

नेकपा माओबादी केन्द्र र नेकपा एमाले मिलेर नेपाल कम्युनिस्ट पार्टी एक भएको अबस्थामा समेत २६ हजार ७ सय ९ मत ल्याई तिलक राई विजय भएका थिए । धरानमा पहिलो पटक नेपाली कांग्रेसले नेकपा एमालेको लालकिल्ला ढालेका कारण राष्ट्रिय चर्चाको विषय भएको थियो। 

धरानमा पहिलो पटक मताधिकार प्रयोग गर्नेदेखि ७० बर्षीय बृद्धाहरुले समेत हर्क साम्पाङलाइ मतदान गर्ने बताउछन्। यसको पछाडी कांग्रेस र एमालेलाई मत दिएकाहरु जुन संख्यामा हर्क साम्पाङलाई मतदान गर्ने भनेका छन् । यसले दुई ठुला दललाई चुनौति खडा गरेको छ। 

हर्क साम्पाङले दाबी गरे जस्तै; सामाजिक संजाललाई हेर्ने हो भने हर्क साम्पाङको जित सुनिश्चत देखिन्छ। देश विदेशमा रहेका उनका शुभचिन्तकदेखि लिएर सामाजिक संजाल प्रयोगकर्ताहरुले हर्क साम्पाङलाई सपोर्ट गरिरहेका छन् ।  त्यसले उनलाई जित दिलाउने छ वा जितको नजिक मात्र पुर्‍याउने छ? हर्क साम्पाङकै कारण पनि यसपालि धरानको निर्वाचन परिणाम विशेष चासोका साथ हेरिएको छ। 

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...