News Portal

भुवन केसी र श्वेता खड्का नेपाली काँग्रेसमा प्रवेश

हिमालीसंचार संवाददाता
३८८ पटक

काठमाडौं – अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का पनि नेपाली काँग्रेस प्रवेश गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच केसी र खड्का नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

यस्तै कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि काँग्रेस प्रवेश गरेका छन् । बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका थिए । 

उनीहरुलाई अभिनेता निर शाह लगायतले काँग्रेसमा प्रवेश गराउनका लागि पहल गरेको बताइएको छ । यसअघि एमालेमा संलग्न रहेपनि अभिनेता केसी निष्क्रिय जस्तै थिए । स्थानीय निर्वाचनको मुखमा उनलाई स्वागत नेपाल नेतृत्वको पार्टीले काठमाडौं महानगरपालिकाको मेयरका रुपमा अघि सारेपनि पछि अस्वीकार गरेका थिए । यस्तै खड्का भने दलीय राजनीतिमा खुलेकी थिइनन् । 

पार्टीमा प्रवेश गराउँदै देउवाले कलाकार देशको गहना भन्दै पार्टीले पनि उचित जिम्मेवारीसहित सम्मान गर्ने आश्वासन दिएका थिए । 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...