News Portal

चुनावको चटारोमा वामदेवको गुप्तवास

एकीकृत समाजवादीमाथि सामान्य सद्भाव!

हिमालीसंचार संवाददाता
२१४ पटक

प्रमुख दलका शीर्ष र प्रभावशाली नेताहरू यतिबेला स्थानीय चुनावको चटारोमा होमिएको समयमा तिनै नेताका समकालीन प्रभावशाली मध्येका एक प्रभावशाली नेता बामदेव गौतम भने निकै फुर्सदिला देखिन्छन् ।

कम्युनिस्ट आन्दोलनमा दशकौं समय गुजारेका उनी अहिले सामान्य नागरिकको दर्जामा सीमित देखिन्छन् । तीन पटक संसदीय चुनाव जितेर तीनै पटक मुलुकको गृह मन्त्रालयको बागडोर सम्हालेका गौतम गुपचुप हुँदा धेरैको सोधीखोजीको विषय बन्न पुगेका छन् ।

गौतम के गर्दैछन् त ? तत्कालीन एमालेका शीर्ष नेता र पटक पटक मन्त्री भएका गौतमलाई यस पटकको स्थानीय तह निर्वाचनले पटक्कै छोएको छैन । चुनावमा चासो नभएपछि उनले कुनै उम्मेदवारको पक्षमा खुलेर क्याम्पेनिङ गर्ने कुरा पनि भएन । एक हिसाबले भन्ने हो भने मुलुकमा चुनावी माहौल तात्दै गर्दा वामदेव गौतम भने ‘म मौनतामा अल्झिरहेको मान्छे…’ भन्ने गीत गुनगुनाउँदै एक्लै रमाइरहे झैँ लाग्छन् ।

‘लेख्ने, पढ्ने र आफ्ना शुभेच्छुक, समर्थक र एमाले स्कुलिङका नेता कार्यकर्तासँग भेट्ने अनि फुर्सद निकालेर घरमै अध्ययन गरेर समय बिताई रहेका छन्। उनको एकीकृत समाजवादी तर्फ उनको सामान्य झुकाव रहेको छ। नेताहरूले चुनावी प्रचार प्रसार गर्न गइदिनुपर्‍यो भनेर सहयोगको अपेक्षा गर्छन तर उनी बाहिर निस्केका छैनन्। 

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...