आज : २०२६-०७-१०, शुक्रबार

धरानका मेयर पदका उम्मेदवार हर्क साम्पाङले भूमि ढोगेर चुनावी अभियान शुरु गरे

सन्जिब कोयी/धरान – घरान उपमहानगरपालिका धरानका मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले भूमि ढोगेर चुनावी अभियान शुरु गरेका छन्। निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह्र केही ढिला प्रदान गरेका कारण प्रचार प्रसार सामाग्री बनाउन ढिलो भएकाले आजदेखि नगरमा घरदैलो कार्यक्रम भूमि ढोगेर चुनावी अभियान शुरु गरेका हुन्।

पछिल्लो समय धरानका बौद्धिक सर्कल, युवा तथा विधार्थीले हर्क साम्पाङको पक्षमा सामाजिक संजालभर सपोर्ट गर्नु पर्ने धारण अभिव्यक्त गरिरहेका छन्। उनले चुनावी अभियानमा जान अगाडी आफ्ना लागि कुनै फुलमाला, खादा र सम्मान नगरिदिन आग्रह गरेका थिए। धराने जनतालाई विजय गराउनका लागि “लौरो” चुनाव चिन्ह्रमा मतदान गर्न आग्रह गरेका साम्पाङले नगरमा भेटधाट तिब्र बनाएका छन्। 

साम्पाङले धरानको मुख्य समस्या खाने पानी रहेको भन्दै “धराने जनताले मलाई जिताएर, पानी खुवाउन सकिन भने मैले धरानमा बसिरहने नैतिकता र औचित्य समाप्त हुने छ।” त्यस्तै, साम्पाङले धरानमा रहेका वीपी प्रतिष्ठानको सुधारका लागि समेत आफ्नो ध्यानकेन्द्रित रहेको हिनालीसंचारडटकमसंग बताए। साम्पाङले स्थानीय तहको निर्वाचनमा ठुला दललाई समेत चुनौति दिने देखिको स्थानीयहरुको भनाई रहेको छ।