News Portal

काठमाडौं बालेन शाह, पोखरा अटेरी समुह र धरानका हर्क साम्पाङलाई “लौरो” चुनाव चिह्न

हिमालीसंचार संवाददाता
४८३ पटक

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाह, पोखरा महानगरपालिकाका मेयरका उम्मेदवार गणेश पौडेल र धरान उपमहानगरपालिका धरानका मेयरका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले “लौरो” चुनाव चिह्न पाएका छन् ।

गायक र्यापर बलेन शाह काठमाडौं महानगरपालिका काठमाडौ मेयर पदका लागि उम्मेदवारी दिएका हुन। आफूलाई अटेरी समुह भनेर परिचय दिएका पोखरा महानगरपालिका पोखराका मेयक पदका उम्मेदवार गणेश पौडेल र पूर्वाञ्चल धरान उपमहानगरपालिका धरानका मेयर पदका उम्मेदवार नागरिक समाजका अगुवा हर्क साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयले ‘लौरो’ चुनाव चिह्न दिएको हो ।

यी तीन जना मेयर पदका उम्मेदवारमा आफुलाई स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेका युवाहरुले आफ्नो क्षेत्रमा चुनाव जित्ने दावी गरिरहेका छन् । धरान नगर मेयरका उम्मेदवार हर्क साम्पाङले हिमालीसंचारडकमसंग कुरा गर्दै चुनाव चिन्ह्र ढिलो प्राप्त भएको कारण प्रचार सामाग्री निर्माण गर्न ढिलाई भएका कारण जनता समक्ष पुग्न ढिला भएको बताए। 

मैले जित्नुसंग केही छैन, तर धराने जनतालाई जिताउनु संग छ, सब थोक भनेका छन् । उनले थप भनेका छन्; “धराने जनताले मलाई जिताएर “पानी” खुवाउन सकिन भने मैले धरानमा बसिरहने नैतिकता र औचित्य समाप्त हुने छ।” धरानका मुख्य ठुलो समस्या पानीको समस्यका विषयमा उनले भने।

धरानका युवा सर्कल, बुद्धिजिबी र देश विदेशमा रहेका हर्क साम्पाङका लागि सामाजिक संजालमा लुटेरा लखेट्ने लौरो चुनाव चिन्हमा सबैले मतदान गरौ भनेर फेसबुकमार्फत हर्क साम्पाङको पक्षमा मतदान गर्न आह्वान गरिरहेका छन् । 

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...