News Portal

चुवान चिन्ह्र पाएपछि, भरतपुरमा जगन्नाथले थाले चुनाव प्रचार प्रसार

हिमालीसंचार संवाददाता
२११ पटक

चितवन – चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका जगन्नाथ पौडेलले ‘भुइँकटहर’ चुनाव चिन्ह पाएका छन् । आगामी ३० वैशाखमा हुने निर्वाचनका लागि पौडेलले निर्वाचन आयोगबाट भुइँकटहर चुनाव चिन्ह पाएको जानकारी दिए ।

नेपाली कांग्रेसका नेतासमेत रहेका उनले रुख चिन्हबाट चुनाव लड्न खोजेको भए पनि नपाएको बताए । स्वतन्त्र उम्मेदवारी फिर्ता नलिएपछि उनलाई कांग्रेसले कारबाही गरिसकेको छ ।

आफूले कांग्रेसका उम्मेदवार र चुनाव चिन्ह रुखको विरुद्धमा बागी नदिएको भन्दै कांग्रेस बचाउने अभियानमा रहेको बताएका छन् । ‘रुखको सट्टामा सानो रुख चुनाव चिन्ह पाएका छौं, यो पनि बोट विरुवा नै हो’ पौडेलले भने, ‘यो धेरै रोगको निको हुने औषधीय गुण भएको फलफूल हो ।’

मेयरका उम्मेदवार पौडेललाई फकाउन गृहमन्त्रीसमेत रहेका कांग्रेसका नेता बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले भरतपुर पठाएका थिए ।

तर उनीहरूले पौडेललाई फकाउन सकेनन् । मेयरका उमेदवार पौडेलसँगै उनका प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मिना खरेललाई कांग्रेसले साधारण सदस्यसमेतबाट निष्काशन गरेको छ ।

वीपीको शालिकमा माल्यार्पण गर्दै चुनाव प्रचार सुरुः पौडेलले भरतपुरस्थित वीपी कोइरालको क्यान्सर अस्पतालमा रहेको वीपी कोइरालको शालिकमा माल्यार्पण गरेर चुनावी प्रचार पनि शुरु गरेका छन् ।

अब महानगरका २९ वटै वडामा चुनाव प्रचारप्रसार अभियानलाई लगिने उनले बताए । प्रचार अभियान सुरु गर्दै नेता भीमबहादुर श्रेष्ठले कांग्रेस चितवनको भविष्य जोगाउन आफूहरुले यो अभियान थालेको बताए ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...