News Portal

चुवान चिन्ह्र पाएपछि, भरतपुरमा जगन्नाथले थाले चुनाव प्रचार प्रसार

हिमालीसंचार संवाददाता
२३९ पटक

चितवन – चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका जगन्नाथ पौडेलले ‘भुइँकटहर’ चुनाव चिन्ह पाएका छन् । आगामी ३० वैशाखमा हुने निर्वाचनका लागि पौडेलले निर्वाचन आयोगबाट भुइँकटहर चुनाव चिन्ह पाएको जानकारी दिए ।

नेपाली कांग्रेसका नेतासमेत रहेका उनले रुख चिन्हबाट चुनाव लड्न खोजेको भए पनि नपाएको बताए । स्वतन्त्र उम्मेदवारी फिर्ता नलिएपछि उनलाई कांग्रेसले कारबाही गरिसकेको छ ।

आफूले कांग्रेसका उम्मेदवार र चुनाव चिन्ह रुखको विरुद्धमा बागी नदिएको भन्दै कांग्रेस बचाउने अभियानमा रहेको बताएका छन् । ‘रुखको सट्टामा सानो रुख चुनाव चिन्ह पाएका छौं, यो पनि बोट विरुवा नै हो’ पौडेलले भने, ‘यो धेरै रोगको निको हुने औषधीय गुण भएको फलफूल हो ।’

मेयरका उम्मेदवार पौडेललाई फकाउन गृहमन्त्रीसमेत रहेका कांग्रेसका नेता बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले भरतपुर पठाएका थिए ।

तर उनीहरूले पौडेललाई फकाउन सकेनन् । मेयरका उमेदवार पौडेलसँगै उनका प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मिना खरेललाई कांग्रेसले साधारण सदस्यसमेतबाट निष्काशन गरेको छ ।

वीपीको शालिकमा माल्यार्पण गर्दै चुनाव प्रचार सुरुः पौडेलले भरतपुरस्थित वीपी कोइरालको क्यान्सर अस्पतालमा रहेको वीपी कोइरालको शालिकमा माल्यार्पण गरेर चुनावी प्रचार पनि शुरु गरेका छन् ।

अब महानगरका २९ वटै वडामा चुनाव प्रचारप्रसार अभियानलाई लगिने उनले बताए । प्रचार अभियान सुरु गर्दै नेता भीमबहादुर श्रेष्ठले कांग्रेस चितवनको भविष्य जोगाउन आफूहरुले यो अभियान थालेको बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २३ गतेको राशिफल

आज चैत २३, २०८२ ( अप्रिल ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...

आज २०८२ साल चैत २२ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...