News Portal

भरतपुरका बागी पौडेल र जनकपुरका साहले लिएनन् उम्मेदवारी फिर्ता

हिमालीसंचार संवाददाता
२७६ पटक

काठमाडौं – भरतपुर महानगर र जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेताहरू द्वय जगन्नाथ पौडेल र मनोज साहको उम्मेदवारी कायम हुने भएको छ।

निर्वाचन आयोगले उम्मदेवारी फिर्ता लिन दिएको समय शुक्रबार साँझ पाँच बजेसम्ममा उनीहरूले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका हुन्।

पार्टी सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका धेरै नेताहरूको दबाबका बाबजुद् पौडेल आफ्नो अडानलाई यथावत् राखेका हुन्। उनको उम्मेदवारी फिर्ता गर्न गृहमन्त्री बालकृष्ण खाणले भरतपुर बसेर कसरत गरेका थिए। उनीसँगै राज्यमन्त्री उमेश श्रेष्ठ पनि पौडेललाई फकाउन देउवाका प्रतिनिधिक‍ो रूपमा खटेका थिए। तर पौडेलले सबै नेतालाई आफू फर्कन नसक्ने अवस्थामा पुगिसकेको जवाफ दिएका थिए।

पूर्व सांसद जगन्नाथ पौडेलले सयौं कांग्रेस कार्यकर्ताको साथमा मूख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेका थिए।

उनलाई उम्मेद्वार बन्न पूर्व सभापति कृष्णलाल सापकोटाले प्रस्ताव र महासमिति सदस्य मिना खरेलले समर्थन गरेका थिए।भरतपुर महानगरको मेयर पद माओवादी केन्द्रलाई दिने निर्णय गठबन्धनमा भएपछि जिल्लाका नेता कार्यकर्ताहरुले विरोध गर्दै आएका छन्। गठबन्धनबाट माओवादीकी रेनु दाहाल भरतपुरको मेयरको उम्मेदवार बनेकी छन्। उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी फिर्ता गर्नेको भीड लागेको छ। गठबन्धनमा सहमति नहुँदा छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका दलका उम्मेदवारले सहमतीपछि उम्मेदवार फिर्ता लिएका थिए ।

तोकिएको समयभित्र भरतपुरको मेयरका १ उम्मेदवार र उपमेयरका २ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरूषोत्तम पौडेलले जानकारी दिए।

मेयरमा स्वतन्त्रतर्फका दुर्गाप्रसाद शर्मा र उपमेयरमा स्वतन्त्र उमेदवारी दिएका भोजराज कौडाल र रविचन्द्र अधिकारीले फिर्ता लिएका छन्। शर्मा विप्लव नेतृत्वको माओवादीका भरतपुर महानगर इन्चार्ज हुन्। कौडाल कांग्रेस र अधिकारी माओवादी केन्द्रका हुन्।

उता जनकपुर उपमहानगरको कांग्रेस सभापतिबाट राजीनामा घोषणा गरेर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका साहले पनि उम्मेदवारी कायम राखेका छन्।

साहनिकट स्रोतका अनुसार कांग्रेस नेता विमलेन्द्र निधिले बिहीबार साहसँग लामो छलफल गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। तर उनी मानेनन्। ‘उहाँ सम्पर्क कार्यालय खोलेर चुनावी प्रचारमा लागिसक्नुभएको छ। कहाँ उम्मेदवारी फिर्ता लिनुहुन्छ,’ उनीनिकट एक नेताले भने।

सत्तारूढ गठबन्धनको भागबन्डामा जनकपुरधामको मेयर जनता समाजवादी पार्टीले पाएको थियो। २०७४ को चुनावमा पनि मेयर उम्मेदवार बनेर पराजित भएका साहले उक्त  निर्णय अस्वीकार गर्दै उम्मेदवारी दिएका हुन्। कांग्रेसले यसरी बागी उम्मेदवारी दिनेलाई कारबाही गर्ने चेतावनी दिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...