News Portal

प्रचण्डको फोनपछि उम्मेदवारी फिर्ता लिन तयार भए अमानसिंह तामाङ

हिमालीसंचार संवाददाता
४७२ पटक

काठमाडौँ। चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका अमानसिंह तामाङले उम्मेदवारी फिर्ता लिने भएका छन्।

तामाङ ०७४ को निर्वाचनमा सोही नगरका प्रमुखमा निर्वाचित भएका थिए। आसन्न स्थानिय तहको निर्वाचनमा पनि प्रमुख पदमा उनलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका थिए।

उम्मेदवारी फिर्ता लिनका लागि तामाङलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टेलिफोन गरेका थिए। प्रचण्डको फोनपछि आफू उम्मेदवारी फिर्ता लिनका लागि तयार भएको तामाङले बताए।

‘पार्टी अध्यक्षले उम्मेदवारी फिर्ता लिनपर्यो भनेर फोन गर्नुभएको थियो,’ उनले भने, ‘उचित जिम्मेवारीका साथ अघि बढाउने कुरा गर्नुभएको थियो। मेयर वा पद नै ठूलो कुरा होइन, पार्टी ठूलो कुरा हो भन्नुभयो। पार्टी जोगाउने गरी उम्मेदवारी फिर्ता लिने सहमति भएको छ।’

पार्टीको अभिभावक नै प्रचण्ड भएकाले उनले भनेपछि आफू मान्न तयार भएको तामाङको भनाई छ। ‘प्रचण्ड भनेको पार्टीको अभिभावक हो,’ तमाङले भने, ‘अभिभावकले भनेको मानेन भने अराजकता पनि हुन्छ।’

यसअघि ०७४ को निर्वाचनमा पनि सुरुमा पार्टीले टिकट नदिने संकेत देखाएपछि तामाङले ‘बागी’ उम्मेदवारी दिने बताएका थिए। अन्तसम्म अडान कायम राखेपछि त्यतिबेला पनि तामाङलाई प्रचण्डले फोन नै गरेर फकाउने प्रयास गरेका थिए।

त्यतिबेला तामाङसँग चौतारा साँगाचोकगढीको प्रमुखमा अहिलेका बागमती प्रदेशसभा सदस्य युवराज दुलाल पनि आकांक्षी थिए। प्रचण्ड परिवारसँग नजिक मानिने दुलाललाई अन्तिममा ब्याक हटाएर पार्टीले तामाङलाई टिकट दिएको थियो।

अहिले चौतारा साँगाचोकगढीको प्रमुखमा माओवादीले कृष्ण प्रसाद सापकोटा ‘देशबन्धु’लाई उम्मेदवार बनाएको छ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...