News Portal

भरतपुरका बागी उम्मेदवार पौडेललाई अझै फकाउने प्रयास, गृहमन्त्रीसहित कांग्रेस नेताहरु छलफलमा

हिमालीसंचार संवाददाता
२०२ पटक

चितवन – चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई अझै फकाउन प्रयास जारी राखेका छन् । गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले नेपाली कांग्रेस चितवनका नेताहरुसँग छलफल जुटेका छन् ।

चितवनको सेन्ट्रल पाम होटलमा मन्त्रीहरुसँग जिल्ला सभापति राजेश्वर खनाल र पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटाबीच छलफल भइरहेको छ । सापकोटा वागी उम्मेदवार पौडेलका प्रस्तावक हुन् । आज उम्मेदवारी फिर्ता लिने दिन हो । त्यसैले जसरी भए पनि पौडेललाई मनाउने र गठबन्धनको तर्फबाट रेनु दाहाललाई साझा उम्मेदवार बनाउने प्रयासमा नेताहरु जुटेका छन् । 

गृहमन्त्री खाँण आज बिहान साढे ११ बजे चितवनबाट काठमाडौं फर्किने पूर्वनिर्धारित तालिका रहेकाले त्यसअघि नै पौडेललाई उम्मेदवारी फिर्ता गराउन नेताहरु प्रयासरत छन् । गृहमन्त्री खाँण र राज्यमन्त्री श्रेष्ठले बिहीबार पौडेललाई उनकै निवासमा पुगेर उम्मेदवारी फिर्ता लिइदिन आग्रह गरेका थिए । तर, पौडेलले पछि नहट्ने जवाफ दिएका थिए ।

प्रतिकृया दिनुहोस्

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...

आज २०८२ साल चैत २२ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...