News Portal

भरतपुरका बागी उम्मेदवार पौडेललाई अझै फकाउने प्रयास, गृहमन्त्रीसहित कांग्रेस नेताहरु छलफलमा

हिमालीसंचार संवाददाता
१७० पटक

चितवन – चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई अझै फकाउन प्रयास जारी राखेका छन् । गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले नेपाली कांग्रेस चितवनका नेताहरुसँग छलफल जुटेका छन् ।

चितवनको सेन्ट्रल पाम होटलमा मन्त्रीहरुसँग जिल्ला सभापति राजेश्वर खनाल र पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटाबीच छलफल भइरहेको छ । सापकोटा वागी उम्मेदवार पौडेलका प्रस्तावक हुन् । आज उम्मेदवारी फिर्ता लिने दिन हो । त्यसैले जसरी भए पनि पौडेललाई मनाउने र गठबन्धनको तर्फबाट रेनु दाहाललाई साझा उम्मेदवार बनाउने प्रयासमा नेताहरु जुटेका छन् । 

गृहमन्त्री खाँण आज बिहान साढे ११ बजे चितवनबाट काठमाडौं फर्किने पूर्वनिर्धारित तालिका रहेकाले त्यसअघि नै पौडेललाई उम्मेदवारी फिर्ता गराउन नेताहरु प्रयासरत छन् । गृहमन्त्री खाँण र राज्यमन्त्री श्रेष्ठले बिहीबार पौडेललाई उनकै निवासमा पुगेर उम्मेदवारी फिर्ता लिइदिन आग्रह गरेका थिए । तर, पौडेलले पछि नहट्ने जवाफ दिएका थिए ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...