News Portal

गगनलाई ओलीको जवाफ: ट्युसन सेन्टर खोल्ने भए बालकोटमा मिलाइदिन्छु

हिमालीसंचार संवाददाता
२२३ पटक

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोट आएर ट्युसन पढाउने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको अभिव्यक्तिको जवाफ दिएका छन् ।

नेकपा एमालेको काठमाडौं महानगर कमिटीले बिहीबार आयोजना गरेको कार्यक्रममा ओलीले गगनको नाम नलिई भने, ‘ट्युसन सेन्टर खोल्न आउने हो भने बालकोटमा मिलाइदिन्छु ।’ ओलीले थप भने; ‘पहिले बागबजारमा ट्युसन सेन्टर राखेर अनुभव भएकाले लाभदायक हुन्छ भन्ने लागेको होला,’ ओलीले भने, बालकोटमा पनि खोल्छु भने छन् । मैले कहाँ रोकेको छु र !’

केपी ओलीले नेकपा एमालेको चुनावी घोषणापत्र चोरेको आरोप लगाएपछि नेपाली कांग्रेस महामन्त्री थापाले एमालेले भनेको समृद्धि र कांग्रेसले भनेको सम्वृद्ध नेपालबीच के फरक छ भनेर ट्युसन पढाउन बालकोट आउने बताएका थिए ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...