News Portal

लेटाङमा काग्रेस नेता माबोहाङले दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता

हिमालीसंचार संवाददाता
२८० पटक

लेटाङ – मोरङ जिल्लाको लेटाङ नगरपालिका लेटाङका नेपाली कांग्रेसबाट मेयर पदका लागि स्वतन्त्र उम्मेदवार मनोनयन दर्ता गरेका इन्द्र माबोहङले उम्मेदवारी फिर्ता गरेका छन्। पार्टीले आफुलाई उपेक्षा गरेका कारण असन्तुष्ट रहेका माबोहङले स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका हुन्।

नेपाली कांग्रेसका जिल्ला सभापती डिग बहादुर लिम्बू सहित बसेको कांग्रेसको बैठकमा आफ्नो बिचार राख्दै नेता माबोहाङले पार्टीले आफुलाई सम्बोधन गर्न नसकेपनी कांग्रेसको शिर उच्च राख्न, लेटाङ नगरपालिका लेटाङलाई समृद्ध बनाउन नेपाली कांग्रेसले जित्न आवश्यक रहेकाले कांग्रेस जिताउ अभियानमा लाग्नका लागि आफुले मेयर पदमा स्वतन्त्र रुपमा दिएको उम्मेदवारी फिर्ता गरेको बताए । 

नेपाली कांग्रेसले लेटाङ नगरपालिका लेटाङका लागि ज्ञानेन्द्र ढकाललाई चयन गरेको थियो। उनी लेटाङलाई बिकास गर्न सक्षम रहेको,  जिल्ला बिकासमा सर्बदलिय संयन्त्रको संयोजक हुँदा लेटाङ, जाँते, भोगटेनी र वारङी क्षेत्रमा महत्वपूर्ण सहयोग पुर्याएको योगदान सम्झदै कांग्रेसले ढकाललाई आवश्यक सहयोग गर्न नगरबासीलाई अनुरोध गरे। 

जिल्ला सभापति डिग बहादुर लिम्बुले कांग्रेस जिताउन सबै एकजुट भएर लाग्न आह्वान गरे । पार्टीले टिकट दिएका उम्मेदवारलाई सबैले सहयोग गरेर अघि बढ्न आग्रह गरे । नगरमा कांग्रेस जित सुनिश्चित भएकाले सबैले कांग्रेस सहितको गठबन्धन समुहलाई जिताएर राम्रो सन्देश दिन आग्रह समेत गरे।  भोलीदेखि नगरका सबै वडा, टोल-टोलमा, घर दैलो कार्यक्रम सहित अघि बढ्ने नगर सभापति दिपक चन्द्र राईले हिमालीसंचारडटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...