News Portal

भोजपुरमा एमालेसँग तालमेल गरेका कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन कांग्रेसको निर्देशन

हिमालीसंचार संवाददाता
२३६ पटक

काठमाडौं – सत्तारुढ गठबन्धनको केन्द्रीय सहमतिविपरीत प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल गरेका १० जना कार्यकर्तालाई नेपाली कांग्रेस जिल्ला कार्य समिति भोजपुरले आगामी शुक्रबारसम्म उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ।

आमचोक गाउँपालिकाका १० वटै वडामा एमालेसँग तालमेल गरेपछि नेपाली कांग्रेसले १० जना उम्मेदवारीलाई पार्टीले फिर्ता लिन भनेको हो। उम्मेदवारी फिर्ता नलिएमा पार्टीले कारबाही गर्ने चेतावनी दिएको छ। 

नेपाली कांग्रेस जिल्ला सभापति विनोद बान्तावाले आमचोक वडा नम्बर ३ का सञ्जय राई, कुमारी राई, वडा नं. ४ का रमेश विष्ट, निर्मला राई, वडा नं. ५ का सञ्जय राई, कौशिला नेपाली, वडा नम्बर ६ का टेक बहादुर कार्की, तीर्थमाया बस्नेत, वडा नं. ९ का विन्द्रबहादुर श्रेष्ठ र वडा नं. १० का खगेन्द्र विष्टलाई उम्मेदवारी फिर्ता लिन भनेको हो।

‘गठबन्धनको नीति, निर्णय र निर्देशनलाई उल्लघंन गर्दै आमचोक गाउँपालिकामा एमालेसँग गठबन्धन गरेको हुनाले आमचोकका सभापति रविन राईलाई २ दिनभित्र जिल्ला कार्य समितिमा लिखित जानकारी दिन कडा निर्देशन गरिन्छ’, बान्तावाले भनेका छन्। 

कांग्रेसले निर्वाचन आयोगले दिएको वैशाख १६ गतेसम्मको अवधिमा उम्मेदवारी फिर्ता नलिएमा अनुशासन उल्लघंन गरेको पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिने चेतावनी दिएको हो। 

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...