News Portal

अन्यायको हिसाब किताब हुन्छ, अहिले पार्टीको निर्णय मानौं : गगन थापा

अलिकति भ्याएको बेलामा ओलीलाई बालकोटमै गएर ट्युशन पढाउनु छः गगन थापा

हिमालीसंचार संवाददाता
२५० पटक

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावका बेला पार्टीका सबै कार्यकर्ताले पार्टीको निर्णय मान्नुको विकल्प नभएको बताएका छन् । कतिपय नेता कार्यकर्ता अन्यायमा परेको भन्दै महामन्त्री थापाले तर अहिले पार्टीको निर्णय मान्नुको विकल्प नभएको बताएका हुन् ।

‘पार्टी एउटा निर्णय गरेर चुनावमा होमिन्छ, चुनावअघि मतभेद हुन्छ, चुनावपछि पनि मतभेद हुन्छ तर चुनावका बेला पार्टीको निर्णय मान्नुपर्छ’ उनको आग्रह थियो। काठमाडौमा रहनु हुने पार्टीका साथीहरु स्थानीय तहमा गईदिन आग्रह समेत गरेको थिए। 

महामन्त्री थापाले स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई फिर्ता लिन पनि आग्रह गरे । ‘स्वतन्त्र उम्मेदवारी दिने साथीहरुलाई म विनित भएर अनुरोध गर्न चाहन्छु, हामीसँग दुई दिन समय छ, तपाईहरुको अन्यायको हिसाब किताब हुन्छ, त्यो अन्यायको क्षतिपूर्ति हुने गरी निर्णय हामी गर्छौ ।’

उनले पार्टीमा लामो योगदान गरेका नेता कार्यकर्ताले पार्टीको निर्णय उल्लंघन गरेपछि फेरि फर्किने ठाउँ नहुने बताए । ‘पार्टीको निर्णय उल्लंघन गर्नेहरु फर्केर आउने ठाउँ हुँदैन, त्यसपछि पार्टीको यात्रा अघि बढाउने कुरा गह्रो हुन्छ’ उनले भने, ‘अघिल्लो पटक बागी उम्मेदवारी दिएकाहरुलाई हामीले टिकट दिन सकेनौं, किनभने उहाँहरुको अहिलेसम्म कारबाही फकुवा भएको छैन ।

उनले केपी ओली लजिक मन पर्दैन म्याजिक मन पर्छ, घोषणा पत्रमा लजिकको कुरो छ, के गर्न सकिन्छ’ के गर्न सकिदैन, यस विषयमा उनलाई मेरो भन्नु केही छैन। कांग्रेसको महाधिवेशनको समयमा समुन्नत नेपाल भन्ने अबधारणा अघि सार्दै गर्दा खेरी यो मेरो आइडिया हो, चोर्यो चोर्यो भन्नु भएको थियो, हिजो पनी चोर्यो चोर्यो भन्नु भए छ। 

मैले यसको बारेमा अहिले मलाई पनी डौडधुप छ, वहालाई पनी डौडधुप छ, वहा अध्यक्ष हो, म महामन्त्री हाम्रो आफ्नै भ्याई नभ्याई छ, अलिकति भ्याएको बेलामा म बालकोटमै गएर ट्युशन पढाउने हो, एउटा विषयमा त पढाउनै पर्ने भएको छ। पहिलो कुरो यो मेरो समृद्धिको आईडिया कसैले चोरेर लग्देला भनेर राती पनी चोरदेला चोरदेला भनेर अनिदो नबस्नुस् तपाईको आइडिया तपाईसंगै राख्नुस् । यो न मलाई चोर्नु छ, न कुनै कांग्रेसका साथीलाई चोर्नु छ। समृद्धि तपाईकै आइडिया हो, तपाई संगै राख्नुस् फुर्सदमा म बेली बिस्तार बुझाउछु। 

तपाईको समृद्धि र हाम्रो समुन्नतिको फरक के हो भने तपाईको समृद्धिमा अंहकारको भ्युटावर छ। त्यो भ्युटावरबाट तल हेर्दै गर्दा मान्छेहरु गान्टे मान्टे देखिन्छ। हाम्रो समुन्नतिको आइडियामा तल भ्यु टावरबाट देखिने ती गान्टे मान्छेहरुको जीवनमा भएको दुख छ। त्यो दुखलाई कसरी हल गर्ने भन्ने समाधान छ। त्यसको खोजी, प्रयत्न छ। तपाईको समृद्धिमा राष्ट्र भन्दै मुठ्ठी कस्दै गर्दा त्यहा भित्र घृर्णा, उत्येजना, रिस छ। र मौका परेको बेलामा एउटा धर्मलाई, जातलाई उचाल्ने बद्नियत छ। 

हामीले समुन्नति भन्दै गर्दा त्यहा भित्र देशको प्रेम छ, एउटा जाति, भाषा, धर्म र संस्कृति नेपाल भित्र भएका एक ठाउ मिलेर बस्न सक्ने सद्भावको त्यो कामना, इच्छा छ । त्यसबाट बनेको एकताको भावना छ। कोही प्रति कुनै घृर्णा छैन देश प्रतिको प्रेम छ। सबैसंग मित्रवत सम्बन्ध राख्ने चाहाना छ, देशको सार्वभौमिकता माथी लड्ने अठोट छ । 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...