News Portal

गंगाजमुनामा गठबन्धनको उपाध्यक्ष पदमा समाजवादी र माओवादीको उम्मेदवारी कायमै

हिमालीसंचार संवाददाता
३२८ पटक

धादिङ – गंगाजमुना गाउँपालिकामा गठबन्धनको कुरो अहिले सम्मान मिलेको छैन। प्रदेश तथा केन्द्रबाट गठबन्धनको टुंगो लगाए पनि गंगाजमुना गाउँपालिकामा गठबन्धनको तर्फबाट उपाध्यक्ष पदमा एकीकृत समाजवादीबाट नारायण बहादुर कार्की र माओवादीबाट रामेश्वर सिम्खडा दुवैले उपाध्यक्ष पदमा उम्मेदवारी दिएकाे छ। केन्द्र र प्रदेशको निर्णय अनुसार गाउँपालिकाको उपाध्यक्ष पदमा समाजवादीलाई दिएको भएपनि नेकपा-माओवादीले भने मानेको छैन।

गठबन्धनले प्रदेशको निर्णय मान्नुपर्ने भनेर सार्वजनिक रुपमा नै प्रदेशको नेताहरुले सार्वजनिक रुपमै प्रेस विज्ञप्ति जारी गरेका छ। प्रदेशबाट धादिङ जिल्लाको विभिन्न गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष वडाअध्यक्ष पद बाँडफाँड भएको थियो।
गंगाजमुना गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादीको संयुक्त बैठक बसी बैठकले उपाध्यक्षमा माओवादीले नै दिनुपर्छ भन्ने एउटा विज्ञप्ति समेत जारी गरेका थिए।गठबन्धन मै बसेर चुनावमा जानुपर्छ भनेर नेताहरुले भनेपनि अहिले आएर गंगाजमुना गाउँपालिकामा त्यो लागु हुन सकेको छैन।समाजवादीले पनि आफ्नो अडान छाडेको छैन भने माओवादीको अडान पनि कायमै छ।

 

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...