News Portal

बाँकेको क्षेत्र नम्बर–१ मा टिकट वितरणमा अनौठा घटना

विधि विधान लत्याउँदै कांग्रेस, विवादित बने क्षेत्रीय सभापति केसी

हिमालीसंचार संवाददाता
८६१ पटक

नेपालगन्ज। बाँकेको राप्ती सोनारी र नरैनापुरमा टिकट वितरणमा अनौठो घटना भएका छन्। प्रतिनिधी सभा क्षेत्र नम्बर १ अन्तर्गत पर्ने राप्ती सोनारी र नरैनापुरमा वडाअध्यक्ष र वडा सदस्यको टिकट वितरणमा यि घटना सार्वजनिक भएका हुन्।

नरैनापुर गाउँपालिका वडा नम्बर ६ का लागि काँग्रेस क्षेत्र नम्बर-१ अन्तर्गतको संसदीय समितिले लिखित निर्णय नै गरेर वडा अध्यक्षमा रामआचल मुराउलाई वडाअध्यक्ष र खुल्ला सदस्यमा सहजराम राढ, गोर्वद्धन मुराउ, महिला सदस्यमा राधादेवी विष्ट र दलित महिला सदस्यमा सुष्मा चमारलाई टिकट दिएको थियो। तर, सोमबार उम्मेदवार मनोनयन दर्ता गराउन जादाँ अर्कै ब्यक्तिले टिकट लिएर पनि उम्मेदवारी दर्ता गराए।

रामआचलको टिकटमा प्रेमचन्द्र मुराउले वडाअध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन्। खुल्ला सदस्य सहजराम राढ, चुनमुन नाउ, महिला सदस्य रिहाना मुकेरी र दलित महिला सदस्य मायावती धोबीले उम्मेदवार मनोनयन दर्ता गराएको वडा सभापति राम आचलले सुनाए। ‘उम्मेदवारी दर्ता गर्नका लागि सबै फाराम तयार गरेर निर्वाचन अधिकृतको कार्यालय पुग्दा त अर्कै ब्यक्तिले टिकट लिएर फाराम भरेको पत्ता लाग्यो, टिकट पाएका हामी सबै उम्मेदवार छाँगाबाट खसेझै भयौं,’ उनले भने। नरैनापुर गाउँपालिका वडा नम्बर-६ का वडा सभापति समेत रहेका राम आचलले क्षेत्रीय सभापति पोषण केसी, गाउँपालिका सभापति मेराज खाँ लगायत नेताले टिकटको टुंगो लागिसकेका ब्यक्तिलाई रातारात हटाएर आफ्ना गुटका सिमित ब्यक्तिलाई दिएको बताए।

‘वडा कार्यसमितिले वडाअध्यक्ष र वडा सदस्यका लागि निर्णय गरेर पठाएको थियो, वडाले सिफारिस गरेकै ब्यक्तिलाई क्षेत्रले माईन्युट गरेर टिकट पनि दियो, तर गोजीबाट मान्छे टिपेर अबैधानिक तरिकाले टिकट दिई मनोनयन दर्ता गराउने घिनलाग्दो काम भयो,’ राम आचलले थपे। क्षेत्रीय सभापति केसी र गाउँपालिका सभापति खाँले गरेका घिनलाग्दो कार्यप्रति नरैनापुरका सबै वडामा असन्तुष्टी बढेको नेपाली कांग्रेस नरैनापुर गाउँपालिका सचिव रामचन्द्र यादव बताउँछन्।

आफुलाई गाउँपालिका स्तरीय पार्टीका हरेक बैठकमा बेवास्ता गरिएको उनको गुनासो छ। यादवले भने, ‘हामीले क्षेत्रीय सभापति र गाउँपालिका सभापतिले गरेका हर्कतको बिरोध गरेका छौं, तर कहाँ र कस्लाई सुनाउने ?’ नरैनापुरको जस्तै राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ मा पनि टिकट वितरणमा अनौठो घटना भएको छ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ को वडाअध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट वडाअध्यक्षमा लवराज खरेल तथा खुल्ला सदस्यमा रामबहादुर थारु, अग्नी प्रसाद थारु, महिला सदस्यमा लक्ष्मी थारु र दलित महिला सदस्यमा पतरी दमाईलाई क्षेत्र नम्बर १ ले आइतबार बेलुका टिकट दियो।

टिकट पाएका ब्यक्तीलाई सामाजिक सञ्जालमा बधाईको ओईरो नै लाग्यो। टिकट निश्चित भएपछि नेपाली काँग्रेस वडा नम्बर-६ का सभापति समेत रहेका खरेलले तामझामका साथ उम्मेदवार मनोनयन दर्ता गराउने तयारी गरे। निर्वाचन अधिकृतको कार्यालयले सोमबार दिउँसो १ बजे नेपाली काँग्रेसका उम्मेदवारलाई मनोनयन दर्ता गराउने समय दिएको थियो। खरेलको नेतृत्वमा वडा नम्बर–६ बाट वडा सदस्यका उम्मेदवारसहित ठुलो संख्यामा निर्वाचन अधिकृतको कार्यालय अगैया पुग्नै लाग्दा वडाअध्यक्ष र वडासदस्यको टिकट खोसियो।

‘राप्ती नदीको अगैया पुल क्रस गर्दै गर्दा मलाई फोन आयो, निर्वाचन कार्यालयमा वडा नम्बर–६ बाट काँग्रेसका अर्कै ब्यक्तिले उम्मेदवार मनोनयन दर्ता गराएको जानकारी पाइयो,’ खरेलले भने ‘उत्साहित भएर दर्ता गराउन गएका सबै साथीहरु निराश भए, त्यहाँ पुगेका १ सय ५५ जनाले काँग्रेस परित्याग गर्न खोजे, साथीहरुको भावनालाई कदर गर्दै हामीले काँग्रेस त्यागेर राप्रपाबाट वडाअध्यक्ष र वडासदस्यमा मनोनयन दर्ता गरायौं।’

क्षेत्र नम्बर-१ को संसदीय समिति आफैले गरेको निर्णयलाई लत्याएर वडा नम्बर-६ को वडाअध्यक्षमा ‘विवादित ब्यक्ति’ सञ्जय राणालाई अन्तिम समयमा उम्मेदवार बनाएको असन्तुष्ट कांग्रेस कार्यकर्ता बताउँछन्। यस्तै वडासदस्यमा खुल्ला सदस्यमा प्रविर बुढाथोकी, कोथीराम थारु र महिला सदस्य जंगली थारुले उम्मेदवारी दर्ता गराएका छन्।

उक्त क्षेत्रको राप्ती सोनारी, नरैनापुर र कोहलपुर नगरपालिका भित्रका प्रत्येक वडामा क्षेत्रीय सभापति केसीले मनपरी रुपले आफ्ना गुटका ब्यक्तिलाई मात्रै टिकट दिएको गुनासो बढेको छ। वडाको टिकट वितरणमा क्षेत्रले मनोमानी गरेको भन्दै काँग्रेस नेतृ संगिता थारुले सोमबार राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष पदको टिकट फिर्ता गरेकी थिइन्।

यता क्षेत्र नम्बर– १ का सभापति केसीले टिकट वितरणमा क्षेत्रले संसदीय समिति बनाएको र उक्त समितिकै निर्णय अनुसार टिकट दिइएको दाबी गरेका छन्। ‘क्षेत्रले संसदीय समिति बनाएको थियो, त्यही समितिले टिकट दिएको हो,’ उनले प्रष्टीकरण दिइरहेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...