News Portal

हातमा टिकट भए पनि विवादका कारण दर्ता भएन उम्मेदवारी

हिमालीसंचार संवाददाता
२२९ पटक

मकवानपुर – नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाको तीनवटा वडामा टिकट वितरण पारदर्शी नहुँदा विवाद भएको छ । कांग्रेसले वडा अध्यक्षमा दुई जनालाई टिकट दिएपछि विवाद भएको हो ।

हेटौंडा–२, १० र १९ नम्बर वडामा दुई/दुई जनालाई वडा अध्यक्षको टिकट दिएपछि यस्तो अवस्था सिर्जना भएको हो । पार्टी सभापति बुद्ध लामा र संघीय सभापति दामोदर खनालबीचको विवादका कारण यस्तो अवस्था सिर्जना भएको हो ।

हेटौंडा–२ मा विष्णुगोपाल महर्जन र रवीन्द्र घिमिरेलाई कांग्रेसले टिकट दिएको थियो । महर्जनले एक्लै सुटुक्क उम्मेदवारी दर्ता गराएका थिए । घिमिरेले भने यस विषयमा छानबिन हुनुपर्ने माग गर्दै पत्रकार सम्मेलन नै गरेका छन् । ‘पार्टीले टिकट दिने उम्मेदवारी दिन नपाउने यो कस्तो विडम्बना हो । पार्टीले छानबिन गर्नुपर्छ । गलत गर्नेलाई हदैसम्मको कारबाही होस्,’ घिमिरेले भने । घिमिरेले स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका छन् ।

हेटौंडा–१० मा युवराज लामा र रमेशध्वज कार्कीलाई टिकट दिएपछि विवाद सिर्जना भएको थियो । कार्कीले उम्मेदवारी दर्ता गराउँदा लामा भने गठबन्धनको बैठकमा नाराबाजी गर्दै उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालयतर्फ आउँदै थिए । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउन खोज्दा नमिल्ने भएपछि उनी चुपचाप फर्किन बाध्य भए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...