News Portal

उहिले केशरजंग अहिले माधव–प्रचण्ड प्रतिगामी : केपी ओली

हिमालीसंचार संवाददाता
२५४ पटक

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दुष्ट र स्वार्थीहरूले नेपालको कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने प्रयास गरेको बताउदै “उहिले केशरजंग, अहिले माधव–प्रचण्ड प्रतिगामी” भएको बताएका छन् ।

मंगलबार मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले झण्डै दुई तिहाइ बहुमतको कम्युनिस्ट पार्टीलाई माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’हरुले फुटाएर ध्वस्त पार्ने प्रयास भएको बताएका हुन् । 

‘मनमोहन अधिकारीले नेतृत्व गरेको पार्टीलाई हामीले झण्डै दुई तिहाइको अवस्थामा पुर्‍याएका थियौ तर केही दुष्ट र स्वार्थीहरूले ध्वस्त बनाउने प्रयास गरे’, अध्यक्ष ओलीले भने,  ‘तात्कालिक रूपमा उनीहरूले पार्टीलाई क्षति पुर्‍याए ।’ अध्यक्ष ओलीले विगतमा पुष्पलाल र मनमोहनलाई पनि यस्तै षड्यन्त्रपूर्ण ढङ्गले हटाइएको प्रसङ्ग निकाल्दै रायमाझी पथमा माधव प्रचण्ड लागेको बताए ।  

‘अहिले हेर्‍यो भने त्यही ०१७ सालको इतिहास दोहोर्‍याउन खोजेको देखिन्छ । अलिकति परिस्थिति फरक छ, त्यसको स्वरूप फरक छ’, उनले भने, ‘प्रतिगमन गर्दा खेरी दक्षिणपन्थी र वामपन्थी मिलेकै छन् । उनले त्यसवेलाको प्रतिगमनमा केशरजंग रायमाझी प्रतिगमनमा सहभागी रहेको र अहिले माधव प्रचण्ड रहेको दाबी गरे । 

‘त्यतिवेला केशरजंग रायमाझी सहभागी थिए, प्रतिगमनमा अहिले सहभागी प्रचण्ड माधव छन् । फरक के थियो भने त्यसबेला कम्युनिस्ट पार्टी कमजोर थियो’, ओलीको भनाइ छ । कार्यक्रममा ओलीले मनमोहन अधिकारी नेपालका कम्युनिस्टमध्ये सबैभन्दा पुरानो कम्युनिस्ट सदस्य भएको समेत बताए । मनमोहन अधिकारीलाई संस्थापक भनेका छैनौ तर उहाँ संस्थापक नै हो ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...