News Portal

  • उहिले केशरजंग अहिले माधव–प्रचण्ड प्रतिगामी : केपी ओली

    हिमालीसंचार संवाददाता
    १९२ पटक

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दुष्ट र स्वार्थीहरूले नेपालको कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने प्रयास गरेको बताउदै “उहिले केशरजंग, अहिले माधव–प्रचण्ड प्रतिगामी” भएको बताएका छन् ।

    मंगलबार मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले झण्डै दुई तिहाइ बहुमतको कम्युनिस्ट पार्टीलाई माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’हरुले फुटाएर ध्वस्त पार्ने प्रयास भएको बताएका हुन् । 

    ‘मनमोहन अधिकारीले नेतृत्व गरेको पार्टीलाई हामीले झण्डै दुई तिहाइको अवस्थामा पुर्‍याएका थियौ तर केही दुष्ट र स्वार्थीहरूले ध्वस्त बनाउने प्रयास गरे’, अध्यक्ष ओलीले भने,  ‘तात्कालिक रूपमा उनीहरूले पार्टीलाई क्षति पुर्‍याए ।’ अध्यक्ष ओलीले विगतमा पुष्पलाल र मनमोहनलाई पनि यस्तै षड्यन्त्रपूर्ण ढङ्गले हटाइएको प्रसङ्ग निकाल्दै रायमाझी पथमा माधव प्रचण्ड लागेको बताए ।  

    ‘अहिले हेर्‍यो भने त्यही ०१७ सालको इतिहास दोहोर्‍याउन खोजेको देखिन्छ । अलिकति परिस्थिति फरक छ, त्यसको स्वरूप फरक छ’, उनले भने, ‘प्रतिगमन गर्दा खेरी दक्षिणपन्थी र वामपन्थी मिलेकै छन् । उनले त्यसवेलाको प्रतिगमनमा केशरजंग रायमाझी प्रतिगमनमा सहभागी रहेको र अहिले माधव प्रचण्ड रहेको दाबी गरे । 

    ‘त्यतिवेला केशरजंग रायमाझी सहभागी थिए, प्रतिगमनमा अहिले सहभागी प्रचण्ड माधव छन् । फरक के थियो भने त्यसबेला कम्युनिस्ट पार्टी कमजोर थियो’, ओलीको भनाइ छ । कार्यक्रममा ओलीले मनमोहन अधिकारी नेपालका कम्युनिस्टमध्ये सबैभन्दा पुरानो कम्युनिस्ट सदस्य भएको समेत बताए । मनमोहन अधिकारीलाई संस्थापक भनेका छैनौ तर उहाँ संस्थापक नै हो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २४ गतेको राशिफल

    आज कार्तिक २४, २०८२ (नोभेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...