News Portal

धादिङमा गठबन्धन एमालेबाट क-कस्ले दिए उम्मेदवारी

हिमालीसंचार संवाददाता
३०९ पटक

धादिङ – आगामी स्थानिय तह निर्वाचनका लागी धादिङमा एमाले र गठबन्धनको तर्फबाट उम्मेदवारी परेको छ ।जिल्लाको २ नगरपालिका र ११ गाउँपालिका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले गठबन्धन गरेर संयुक्त उम्मेदवार उठाएका छन् । नेकपा एमालेले एक्लै उम्मेदवारी दिएको छ।

गठबन्धन अन्र्तगत कांग्रेसले ८ प्रमुख र ४ उपप्रमुख, नेकपा माओवादीले ३ प्रमुख र ५ उपप्रमुख, समाजवादीले २ प्रमुख र ४ उपप्रमुखमा उम्मेदवारी दर्ता गरेका छन्। कांग्रेसले प्रमुख पद पाएको नीलकण्ठ नगरपालिकामा भीम प्रसाद ढुंगाना, खनियाबास गाउँपालिकामा रण बहादुर तामाङलाई उम्मेदवार बनाएका छन् । ढुंगाना र तामाङ पहिलो निर्वाचनबाट पनि विजयी उम्मेदवार हुन्।

गंगाजमुनामा भक्त बहादुर लामा, नेत्रावती डबजोङमा मेघनाथ रिजाल, त्रिपुरासुन्दरी गाउँपालिकामा राजु उप्रेती, ज्वालामुखी गाउँपालिकामा यमनाथ दनै, सिद्दलेक गाउँपालिकामा परशुराम खतिवडा, थाक्रे गाउँपालिकामा राम प्रसाद विडारीलाई कांग्रेसले उम्मेदवार बनाएका छन्।

गठबन्धन अन्तर्गत नेकपा माओवादी केन्द्रले प्रमुख पद पाएको रुविभ्यालीमा रामसिंह तामाङ, वेनिघाट रोराङमा कृष्ण बहादुर थपलिया र गजुरीमा गणेशलाल श्रेष्ठले मनोनयन दर्ता गरेका छन् । भागबण्डामा माओवादीले उपप्रमुख पद पाएको नीलकण्ठ नगरपालिकामा दिपक विश्वकर्मा, नेत्रावती डबजोङमा उर्मिला गुरुङ तामाङ, त्रिपुरा सुन्दरीमा देवराज धरेल, खनियाबासमा सेतेमान तामाङ र थाक्रेमा यन्त्र बहादुर थापाले मनोनयन दर्ता गराएका छन्।

गठबन्धन गर्दा भागबण्डामा नपरेका पालिकाहरुमा पनि माओवादीले उम्मेदवारी दर्ता गराएका छन् । वडातहसम्म नै ताललमेल गर्ने भनेर पालिकाहरुको भागबण्डा मिलाइएको भएपनि मनोनयन दर्ता गर्नेबेलासम्म वडा तहमा सहमति नजुटेपछि सबै पदमा उम्मेदवारी दिइएको नेकपा माओवादी धादिङका अध्यक्ष मनराज भण्डारीले बताए। अहिलेलाई मनोनयन दर्ता गरेका छौं, पछि वडा तहको सहमति भयोभने मनोनयन फिर्ता लिएर पनि निर्वाचनमा सहभाागी हुन सक्छौं’ अध्यक्ष भण्डारीले भने ।

गठबन्धनकै तर्फबाट समाजवादीले धुनिबेसी नगरपालिकाको मेयरमा अध्यक्ष बालकृष्ण आचार्य, गल्छी गाउँपालिकाको अध्यक्षमा कृष्णहरि श्रेष्ठलाई उम्मेदवार बनाएका छन् । आचार्य र श्रेष्ठ दुबै २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट विजयी हुन्।

समाजवादीले गठबन्धनमा उपाध्यक्ष भागमा परेको ज्वालामुखी गाउँपालिकामा धर्म बहादुर अर्याल, बेनिघाट रोराङ गाउँपालिकामा टाप बहादुर श्रेष्ठ, सिद्दलेक गाउँपालिकामा सविता अर्याल र गंगाजमुना गाउँपालिकामा नारायण कार्कीलाई उम्मेदवार बनाएका छन् । समाजवादीले गठबन्धनको तर्फबाट उपाध्यक्षको उम्मेदवार बनाएका चारैजना नयाँ अनुहार हुन् । उनीहरु नेकपा एमालेमा विद्रोह गरी समाजवादीतिर लागेका जिल्लामा परिचित नेता हुन्।

प्रदेश स्तरीय ५ दलिय गठबन्धनको निर्णय बमोजिम नै नगरपालिकाको प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षको टुंगो लगाएर त्यहि अनुसार मनोनयन दर्ता गराइएको एकिकृत समाजवादी धादिङका इन्चार्ज गुरु प्रसाद बुर्लाकोटीले बताए।गठबन्धनसँग भीड्न नेकपा एमालेले जिल्ला सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकाको मेयरमा गंगादेवी श्रेष्ठ र उपमेयरमा फन्द्रा तामाङलाई उम्मेदवार बनाएका छन्।

एमालेले धुनिवेसीमा रामराजा पाण्डे र मन्दिरा श्रेष्ठ, थाक्रेमा कृष्ण पन्त र अम्बिका रुपाखेती, गल्छीमा केदार खतिवडा र राधा तिमस्लिना, गजुरीमा राजेन्द्र विक्रम बस्नेत र अम्बिका खतिवडा, वेनिघाट रोराङमा देवप्रसाद त्रिपाठी र हिरादेवी रेग्मी, सिद्दलेकमा प्रेमनाथ सिलवाल र कमला शर्मालाई उम्मेदवार बनाएका छन् । त्यस्तै ज्वालामुखीमा हरिराम लोहरी र चन्द्र कुमारी अधिकारी, त्रिपुरासुन्दरीमा उमेश थापा र संगिता कुमाल, नेत्रावती डबजोङमा सुवर्ण रिमाल र विना कुमारी मम्बा, गंगाजमुनामा भक्त बहादुर लामिछाने र एञ्जिला तामाङ, खनियाबासमा इमान तामाङ र खुर्पीकुमारी तामाङ, रुविभ्यालीमा प्रेम तामाङ र मञ्जु तामाङलाई उम्मेदवार बनाएका छन्।
स्थानीय निर्वाचन : उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने

 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...