News Portal

ओलाङचुङगोलामा अध्यक्षसहित सबै सदस्य निर्विरोध

हिमालीसंचार संवाददाता
३१४ पटक

ताप्लेङजु – ताप्लेङजुको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा अध्यक्षमा छेतेन वालुङसहित वडासदस्यहरु निर्विरोध निर्वाचित भएका छन्। उम्मेदवारी दर्ता गर्दा अन्य प्रतिस्पर्धी नपरेसँगै वडाध्यक्षसहित सबै वडासदस्यहरु निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाइएको छ।

वालुङ नेकपा (एमाले) को तर्फबाट अध्यक्ष र नेपाली कांग्रेसबाट चार सदस्य टासी शेर्पा, वाङग्या शेर्पा, महिला सदस्यमा फुपुल्हामु श्रेष्ठ र दलित महिला सदस्यमा विपना तुम्वाहाम्फे विक निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

गाउँलेहरूले चयन गरेका उम्मेदवारबाहेक सो वडामा अरु कोही पनि व्यक्तिको उम्मेदवारी नपरेसँगै अध्यक्षसहित निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालयका सूचना अधिकारी विपीन दुलालले बताए।

गाउँलेहरूले सहमति जुटाएका सबै उम्मेदवारले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएको वडाध्यक्ष छेतेनले बताए। यस बस्तीमा जम्मा ५३ घरपरिवार बसोबास गर्दै आएका छन्। दुई ७७ मतदाता रहेको ओलाङगोलामा गाउँलेको आम भेलाबाट सर्वसम्मत अध्यक्ष चयन गरेको तेन्जिङ वालुङले बताए।

सर्वसम्मत वडाध्यक्ष वालुङ ०७४ को निर्वाचनमा निवर्तमान अध्यक्षसँग एक मतले पराजित भएका थिए। ०७४ को निर्वाचनपछि गाउँमा लामो समय तिक्तता भएको जनाउँदै यहाँका जनप्रतिनिधि र युवा अवुगाले केही दिनदेखि सर्वसम्मत गराउने प्रयास गरेका थिए।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...