News Portal

पार्टी प्रबृतिका विरुद्ध स्वतन्त्र उम्मेदवार दिएः रत्न कटुवाल

हिमालीसंचार संवाददाता
३४९ पटक

धरान – धरान उपमहानगरपालिका धरानको २०७४ सालको निर्वाचनमा एमालेबाट निर्वाचित वडा नं ९ का वडाअध्यक्ष जितेको रत्नबहादुर कटवालले धरानको मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।

वडाअध्यक्षबाट आइतबार नै राजिनामा दिएका कटवालले आज (सोमबार) धरानका मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका हुन् । पार्टीले गलत व्यक्तिलाई उम्मेद्वार बनाएका कारण आफुले मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएको कटवालले बताए । उनले थपे खराब ब्यक्तिलाई पार्टीले नगरको टिकट दिएका कारण उनी विरुद्ध नै मेरो उम्मेदवारी हो। 

उनले भने, ‘जो चै जनताबाट बहिष्कृत छ, तिरस्कृत छ । जसलाई जनताले इच्छा गरेकै छैन । चाहेकै छैन, त्यस्तालाई पार्टीले उम्मेदवार दिएपछि त्यस्ता व्यक्तिका विरुद्ध आफ्नो उम्मेदवारी दिएको उनले बताए। 

कटवालले पार्टीको माया भन्दा पनि जनता र धरानको विकासप्रति माया भएकोले स्वतन्त्र उम्मेदवारी दिएको प्रतिक्रिया दिए । पार्टीले देश र जनताको लागि केही गर्न नसक्ने आफुले बुझेको कटवालको जिकिर थियो । स्वतन्त्र रुपमा उम्मेदवारी दिएर विजयी हुँदा स्वतन्त्ररुपमा काम गर्न पाइने बुझेर नै उम्मेदवारी दिएको बताए।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...