News Portal

  • भोजपुरको आमचोक गाउँपालिकामा काँग्रेस र एमालेबीच तालमेल

    हिमालीसंचार संवाददाता
    २१३ पटक

    भोजपुर – भोजपुर जिल्लाको आमचोक गाउँपालिकामा सत्ता गठबन्धनबाट नेपाली काँग्रेस बाहिरिएर नेकपा एमालेसँग तालमेल गरेको छ। नेकपा एमालेले अध्यक्षमा बसन्त राई र काँग्रेसले छिरिङ शेर्पालाई उपाध्यक्षको उम्मेदवार बनाएको हो ।

    सत्ता गठबन्धनको नीति विपरित नेपाली काँग्रेसले नेकपा एमालेसँग तालमेल गर्नु खेदजनक भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य सुदन किराँतीले हिमालीसंचारडटकमसंग बताए। 

    गठबन्धनको निर्णय विरुद्ध काँग्रेसले एमालेसँग तालमेल गरेको भन्दै किराँतीले आपत्ति जनाए। सत्ता गठबन्धनभित्र आमचोक र अरुण गाउँपालिकामा तालमेल गर्ने निर्णय भएपनि काँग्रेस आमचोक गाउँपालिकामा एमालेसँग तालमेल गर्नु ठिक नभएको किराँतीले भनाई रहेको छ।

    ‘भोजपुर जिल्लाका आमचोक र अरुण गाउँपालिका गठबन्धन नगर्ने निर्णय भयो। आमचोकमा माओवादीले एकल जित्न सक्छ अरुणमा काँग्रेस एकल जित्न सक्छ भन्ने भयो’ किराँतीले भने,‘दुबै गाउँपालिकामा आआफ्नै तरिकाले लड्ने भनिएपनि काँग्रेसले धोका दिएर एमालेसँग मिलेर हामीलाई धोका दिएको किरातीको भनाई छ।’ 

    एमाले काँग्रेसले समेत भागबण्डा गरेर तालमेल गरेका छन्। भोजपुरका ९ स्थानीय तह मध्ये ६ स्थानीय तहमा मात्रै काँग्रेस र माओवादी, एकीकृत समाजवादीसँग तालमेल भएको थियो। त्यसबाट माओवादीलाई एक प्रमुख मात्रै पाएको छ। तर, अरु तालमेल भएका ५ स्थानीय तहमा पनि काँग्रेसले सेट नै बनाएर उम्मेदवारी दिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २४ गतेको राशिफल

    आज कार्तिक २४, २०८२ (नोभेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...