News Portal

भोजपुरको आमचोक गाउँपालिकामा काँग्रेस र एमालेबीच तालमेल

हिमालीसंचार संवाददाता
३६२ पटक

भोजपुर – भोजपुर जिल्लाको आमचोक गाउँपालिकामा सत्ता गठबन्धनबाट नेपाली काँग्रेस बाहिरिएर नेकपा एमालेसँग तालमेल गरेको छ। नेकपा एमालेले अध्यक्षमा बसन्त राई र काँग्रेसले छिरिङ शेर्पालाई उपाध्यक्षको उम्मेदवार बनाएको हो ।

सत्ता गठबन्धनको नीति विपरित नेपाली काँग्रेसले नेकपा एमालेसँग तालमेल गर्नु खेदजनक भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य सुदन किराँतीले हिमालीसंचारडटकमसंग बताए। 

गठबन्धनको निर्णय विरुद्ध काँग्रेसले एमालेसँग तालमेल गरेको भन्दै किराँतीले आपत्ति जनाए। सत्ता गठबन्धनभित्र आमचोक र अरुण गाउँपालिकामा तालमेल गर्ने निर्णय भएपनि काँग्रेस आमचोक गाउँपालिकामा एमालेसँग तालमेल गर्नु ठिक नभएको किराँतीले भनाई रहेको छ।

‘भोजपुर जिल्लाका आमचोक र अरुण गाउँपालिका गठबन्धन नगर्ने निर्णय भयो। आमचोकमा माओवादीले एकल जित्न सक्छ अरुणमा काँग्रेस एकल जित्न सक्छ भन्ने भयो’ किराँतीले भने,‘दुबै गाउँपालिकामा आआफ्नै तरिकाले लड्ने भनिएपनि काँग्रेसले धोका दिएर एमालेसँग मिलेर हामीलाई धोका दिएको किरातीको भनाई छ।’ 

एमाले काँग्रेसले समेत भागबण्डा गरेर तालमेल गरेका छन्। भोजपुरका ९ स्थानीय तह मध्ये ६ स्थानीय तहमा मात्रै काँग्रेस र माओवादी, एकीकृत समाजवादीसँग तालमेल भएको थियो। त्यसबाट माओवादीलाई एक प्रमुख मात्रै पाएको छ। तर, अरु तालमेल भएका ५ स्थानीय तहमा पनि काँग्रेसले सेट नै बनाएर उम्मेदवारी दिएको छ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...