News Portal

हलेसी तुवाचुङ : कांग्रेसबाट मेयरमा विमला राई र उममेयरमा रमेश राउत

हिमालीसंचार संवाददाता
४३५ पटक

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसले उम्मेदवारी टुंगो लगाएको छ । मेयरमा विमला राई र उपमेयरमा रमेश राउतले टिकट पाएको नेपाली कांगेसले जनाएको छ ।

राई यस अघि नगरपालिकाको उपमेयर थिए। राउत वडा नम्बर ६ मंगलटारको वडाध्यक्ष थिए । नेपाली कांग्रेसको प्रदेश नम्बर १ समितिले राई र राउतलाई उम्मेदवारी बनाउने निर्णय गरेसँगै मनोनय दर्ताकालागि तयारी गरिएको स्रोतले जनाएको छ । हलेसी तुवाचुङमा नेपाली कांग्रेसले एक्लै लड्ने निर्णय गरेको छ ।

यस्तै, गठबन्धनको तर्फबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कांग्रेसले माहाधिवेशन प्रतिनिधि धर्मराज पोखरेललाई उम्मेदवारी बनाउने निर्णय गरेको छ । नगर प्रमुखमा उम्मेद्वार मनोनयन दर्ता गराउन काठमाण्डौबाट दिक्तेल आएका पोखरेललाई कांग्रेसकै कार्यकर्ताले हातपात समेत गरेका थिए । नगर प्रमुखमा तिर्थराज भट्टराईले टिकट पाउनु पर्ने कार्यकर्ताको माग छ ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...