News Portal

  • हलेसी तुवाचुङ : कांग्रेसबाट मेयरमा विमला राई र उममेयरमा रमेश राउत

    हिमालीसंचार संवाददाता
    ३२६ पटक

    खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसले उम्मेदवारी टुंगो लगाएको छ । मेयरमा विमला राई र उपमेयरमा रमेश राउतले टिकट पाएको नेपाली कांगेसले जनाएको छ ।

    राई यस अघि नगरपालिकाको उपमेयर थिए। राउत वडा नम्बर ६ मंगलटारको वडाध्यक्ष थिए । नेपाली कांग्रेसको प्रदेश नम्बर १ समितिले राई र राउतलाई उम्मेदवारी बनाउने निर्णय गरेसँगै मनोनय दर्ताकालागि तयारी गरिएको स्रोतले जनाएको छ । हलेसी तुवाचुङमा नेपाली कांग्रेसले एक्लै लड्ने निर्णय गरेको छ ।

    यस्तै, गठबन्धनको तर्फबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कांग्रेसले माहाधिवेशन प्रतिनिधि धर्मराज पोखरेललाई उम्मेदवारी बनाउने निर्णय गरेको छ । नगर प्रमुखमा उम्मेद्वार मनोनयन दर्ता गराउन काठमाण्डौबाट दिक्तेल आएका पोखरेललाई कांग्रेसकै कार्यकर्ताले हातपात समेत गरेका थिए । नगर प्रमुखमा तिर्थराज भट्टराईले टिकट पाउनु पर्ने कार्यकर्ताको माग छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २३ गतेको राशिफल

    आज मंसिर २३, २०८२ (डिसेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    २७ बुँदे मागबारे प्रधानमन्त्री–प्रसाईं भेट, छलफल तीव्र

    काठमाडौं, मंसिर २२ – देशको राजनीतिक वातावरण तंग भइरहेका बेला नागरिक बचाउ दलका संरक्षक दुर्गा...

    श्रम संस्कृति पार्टीका साम्पाङको चुनावी दाबी: “हामीले नै सरकार बनाउँछौं”

    काठमाडौं, २२ मंसिर – श्रम संस्कृति पार्टीका सभापति तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)...

    काठमाडौंमा श्रम संस्कृति पार्टीको पहिलो सभा सम्पन्न

    काठमाडौं, २२ मंसिर – हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा आफ्नो पहिलो औपचारिक सभा...

    सिनामंगलमा असईद्वारा चार महिनाको शिशुको हत्या, नागढुंगाबाट पक्राउ

    काठमाडौं, २२ मंसिर – राजधानीको सिनामंगलमा एक प्रहरी अधिकृतले आफ्नै चार महिनाको शिशुको ज्यान लिएपछि घटना...