News Portal

धरानमा गठबन्धनले मेयरमा किशोर राई, उपमेयरमा अइन्द्र बिक्रम बेघालाई उम्मेदवारी

हिमालीसंचार संवाददाता
२४७ पटक

धरान – सत्तारुढ गठबन्धनले धरान उपमहानगरपालिका धरानको मेयरमा किशोर राई र उपमेयरमा अइन्द्र बिक्रम बेघालाई उम्मेदवारी बनाउने निर्णय गर्दै मनोनयन दर्तागर्ने अन्तिम दिन आज धरान उपमहानगरपालिका धरानको मेयर र उपमेयरको टुंगो लगाएको हो।

नेपाली कांग्रेसबाट सिफारिसमा परेका राई संस्थापन पक्षका जिल्ला सदस्य, धरानको पुर्वनगर सभापति र अखिल नेपाल फुटबल संघ प्रदेश १ नं. को अध्यक्ष समेत छन्। मेयरका लागि प्रदेश १ महामन्त्री उमेश थापा, मेयर तिलक राई र क्षेत्रीय सभापति सुजेन्द्र तामाङको नाम केन्द्रमा सिफारिस गरेको थियो । केन्द्रले भने प्रदेशलाई नै निर्णय गर्ने अधिकार दिएपछि हिजोदेखि निरन्तर छलफल गरेका प्रदेशले अन्तिम समयमा राईलाई सिफारिस गरेको हो। 

उपमेयरमा नेकपा माओवादी केन्द्रले अइन्द्र बिक्रम बेघालाई उम्मेदवार पनाउने निर्णय गरेको छ । गठबन्धनको भागवण्डामा धरानको मेयर कांग्रेसले पाउने भएपछि आज उम्मेदवारीको अन्तिम दिन माओवादी केन्द्रले बेघालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्रका धरान अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले बेघाले टिकट पाएको पुष्टि गरे । उम्मेदवारको लामो रस्साकस्सीबीच बेघाले उपमेयरको टिकट पाएका हुन् । 

नेकपा माओवादी केन्द्रको बहुमत सदस्यहरुले भने उपमेयरमा फोक्वाहाङ सुब्बा (चोत्लुङ)लाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । आकांक्षीहरु धेरै भएपनि दर्जन बढी अन्यको नाम पनि केन्द्रमा सिफारिस भएको थियो । ती मध्ये बेघाले टिकट पाएका हुन् । 

बेघा विस २०७४ सालको निर्वाचनमा पनी नेकपा माओवादी केन्द्रबाट धरान उपमहानगरपालिका धरानको मेयरमा उठेका थिए । त्यसबेला उनी तेस्रो हुदै पराजीत भएका थिए । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...