News Portal

धरानको मेयरमा नेपाली कांग्रेसले किशोर राईलाई मेयरको टिकट दिए

हिमालीसंचार संवाददाता
१९४ पटक

धरान – नेपाली कांग्रेसले धरान उपमहानगरपालिका धरानको मेयरमा किशोर राईलाई उम्मेदवार बनाउने निर्णय गर्दै मनोनयन गर्ने अन्तिम दिन आज विराटनगरस्थित प्रदेश समितिले धरान उपमहानगरपालिका धरानको मेयरमा किशोर राईलाई मेयरका लागि टिकट दिएको हो। 

नेपाली कांग्रेसका राई संस्थापन पक्षका नेता हुन् । धरानको मेयरमा कांग्रेसका प्रदेश १ महामन्त्री उमेश थापा, मेयर तिलक राई र क्षेत्रीय सभापति सुजेन्द्र तामाङको नाम केन्द्रमा सिफारिश भएको थियो । केन्द्रले भने प्रदेशलाई नै निर्णय गर्ने अधिकार दिएपछि हिजोदेखि निरन्तर छलफल गरेको थियो । 

धरानका टिकट पाएका राई नेपाली कांग्रेसका हाल जिल्ला सदस्य छन् । उनी धरानको पुर्वनगर सभापति समेत हुन् । हाल उनी अखिल नेपाल फुटबल संघको प्रदेश १ अध्यक्ष पनि हुन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...