News Portal

ताप्लेजुङका नेपाली काग्रेस असन्तुष्ट समुहले पार्टी भित्रै बसेर अन्तरसंर्घष गर्ने

हिमालीसंचार संवाददाता
४५४ पटक

ताप्लेजुङ – ताप्लेजुङ जिल्लामा नेतृत्वले समिकरण र टिकट वितरण गर्दा कार्यकर्ताको भावना विपरित र संगठन नै तहसनहस वनाउने गरी गरेको भन्दै काग्रेस जिल्ला कार्य समितिका पूर्व सभापति लगायतको असन्तुष्ट समुहले सच्याउन माग गर्दै  असन्तुष्ट समुहले पार्टी भित्रै बसेर संर्घष गर्ने भएका छन् ।

मनोनयन दर्ताको दिन विहान सदरमुकाम फुङलिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकर्तालाई नछोड्न र पार्टीमै बसेर अन्तसंघर्ष गर्नपनि अनुरोध गरेका छन। पार्टीका पूर्व उपसभापति मणी लावुङ लिम्वू र फक्ताङलुङ गाउ‘पालिका सभापति भद्र वोखिम लगायतले एमाले प्रवेश गरेपछि पत्रकार सम्मेलन गरिएको हो । 

टिकट विरणमापनि एकलौटी गरिएको र प्रदेश सदस्य तथा एक नम्वर प्रदेशका उद्योग श्रम तथा रोजगार मन्त्री प्रताप प्रकाश हाङगामले हस्तक्षेप गरेको आरोप लगाएको छ । टिकटको विषयमा छलफल हु‘दा महिला समावेसिताको कुरा उठाएको र ‘महिला सहिला हैन निस्केर जा’ भनेर आफुमाथी अपशब्द प्रयोग गरेको पुर्व सभापति लिलादेवी वोखिमले दावी गरिन । 

पार्टीले टिकट वितरण गर्दा आठराई त्रिबेणी गाउ‘पालिका वाहेक सबै पालिका प्रमुख संस्थापन समुह समर्थकलाई दिइएको छ । मेरिङदेनका डम्वर हाङगाम, मिक्वाखोलाका भक्त कार्कि, सिदिङवाका प्रदिप राई, सिरिजंगाका लालकृष्ण चौहान र पाथीभरा याङवरकका राम थेवे संस्थापन समुहका हुन । आठराई त्रिबेणीका बिश्वनाथ सिटौलामात्रै इतर समुहका परेका छन । सिरिजंगामा भएको मतदानमा क्षेत्रीय सभापति समेत रहेका लक्ष्मी प्रसाद भट्टराईले धेरै मत ल्याएका थिए । 

फुङलिङ नगर कार्य समितिले भने मतदान प्रकृयावाट अमिर मादेन र सुरेश सिंघकको नाम सिफारिस गरेको थियो ।  प्रदेश कार्य समितिले मादेनको नाम अनुमोदन गरेको छ । मादेन र सिंघक दुवै एकै समुहका हुन । समिकरणको क्रममा फक्ताङलुङ र मैवाखोला गाउ‘पालिका माओवादीको भागमा परेको छ । भद्र वोखिमलाई फक्तालुङ काग्रेसले सर्वसम्मत अध्यक्षको उम्मेद्धार चयन गरेको थियो । समिकरणको निर्णयप्रती असन्तुष्टि जनाउ‘दै उनिहरुले पार्टी छोडेका हुन । 

असन्तुष्ट समुहले आफ्ना उम्मेदवार विजयी गराउन पार्टी नेतृत्वले समन्वय नगरेको, कार्यकर्ता पलायनको अवस्थालाई नजर अन्दाज गरिएको, पार्टीमा अवाञ्छित कार्य गर्नेलाई संरक्षण गरिएको अनुगमनको मात्रै अधिकार भएका प्रदेश सदस्य हावी भएको जस्ता गुनासा असन्तुष्ट पक्षको छ । उनिहरुले उम्मेदवारको विषयमा पुनर्बिचार गर्नपनि माग गरेका छन । काग्रेसले समिकरणको क्रममा दुई पालिका अध्यक्ष र ६१ मध्ये २१ वडाध्यक्ष छोडेको छ ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...