News Portal

धरानको मेयरमा जसपाबाट ताजुब लिम्बु, उपमेयरमा विनाकुमारी राई

हिमालीसंचार संवाददाता
२६९ पटक

धरान – सत्ता रुढतलको गठबन्धनबाट अलग्गिएको जनता समाजवादी पार्टी (जसपा) ले धरानको मेयरमा ताजुब लिम्बु र उपमेयरमा विनाकुमारी राईलाई उम्मेदवारी तय गरेको छ ।

जसपाले मेयरमा ताजुब लिम्बुलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ भने उपमेयरमा विना कुमारी राई (पुमा)लाई उम्मेदवार बनाउने भएको हो । मेयरका उम्मेद्वार लिम्बु जसपाको धरान उपमहानगर कमिटी अध्यक्ष हुन् । उपमेयरकी उम्मेदवार राई पार्टीको वरिष्ठ उपाध्यक्ष रहेकी छिन् । 

अध्यक्ष एवं मेयरका उम्मेदवार लिम्बुले जसपा गठबन्धनबाट अलग भएको कारण मेयर, उम्मेदवार र वडामा पनि उम्मेद्वारी दिने निर्णय भएको हिमालीसंचारडटकमसंग बताए । उनले भने,‘हामी चुनावी गठबन्धनमा छैनौ, त्यसैले मेयर, उपमेयर र वडामा पनि उम्मेदवारी दिन्छौ ।’ आज सोमबार दिउँसो १ बजे उम्मेद्वारी मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा जाने पनि उनले बताए । 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...