News Portal

  • कांग्रेसको असन्तुष्ट समूहबाट भरतपुरको मेयरमा जगन्नाथ पौडेलको उम्मेदवारी घोषणा

    हिमालीसंचार संवाददाता
    १४१ पटक

    भरतपुर – पूर्वसांसद जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।

    जिल्ला पार्टी कार्यालयमा भएको कांग्रेसका असन्तुष्ट कार्यकर्ताको भेलामा पौडेलले मेयरमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनलाई उम्मेदवार बन्न महासमिति सदस्य मीना खरेलले प्रस्ताव र पूर्वसांसद भीमबहादुर श्रेष्ठले समर्थन गरेका छन्। पौडेलले भोलि मनोनयन दर्ता गर्ने बताए।

    भरतपुर महानगरको मेयर पद माओवादी केन्द्रलाई दिने निर्णय गठबन्धनमा भएपछि जिल्लाका नेता कार्यकर्ताहरुले विरोध गर्दै आएका छन्। गठबन्धनबाट माओवादीकी रेनु दाहाल भरतपुरको मेयरको उम्मेदवार बन्दै छिन्।

    कांग्रेसको जिल्ला समिति भने सबै स्थानीय तहमा वडा सदस्यसम्मै तालमेल गर्नेगरी सक्रिय भएको छ। भरतपुरको मेयर पदमा अहिलेसम्म ९ जना र उपमेयरमा २ जनाको उम्मेदवारी दर्ता भएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपालमा लगानीकर्तालाई सहज वातावरण दिनु सरकारले सुनिश्चित गर्नुपर्छ : देउवा

    काठमाडौं, असार ३१ – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा स्वदेशी तथा विदेशी...

    काभ्रेको रिसोर्टमा अनलाइन सट्टेबाजी गर्दै पाँच जना समातिए, मोबाइल र ल्यापटपसहित पक्राउ

    काभ्रेपलाञ्चोक, असार ३१ – काभ्रेको मण्डनदेउपुर नगरपालिकामा अनलाइनमार्फत सट्टेबाजी सञ्चालन गरिरहेको अवस्थामा पाँच जना पक्राउ...

    अमेरिकामा सडक दुर्घटनामा परी २ नेपाली विद्यार्थीको मृत्यु

    लुइसियाना, असार ३१ – अमेरिकाको लुइसियाना राज्यमा सडक दुर्घटनामा परेर दुई जना नेपाली विद्यार्थीले ज्यान...

    घुस काण्डमा मुछिएपछि राजीनामा दिन बाध्य बने मन्त्री गुप्ता

    काठमाडौं, असार ३१ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ७८ लाख रुपैयाँ घुस...

    एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी

    टोकियो, असार ३१ — गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको महासचिव पदमा वरिष्ठ पत्रकार तथा...