आज : २०२६-०७-१०, शुक्रबार

गुल्मीको धुर्कोटमा दुई दलबीचको विवाद मिल्यो

काठमाडौं – गुल्मीको धुर्कोट गाउँपालिकामा दुई दलबीचको विवाद मिलेको छ । सो गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीचको विवाद मिलेको हो ।

गाउँपालिकाको प्रमुखमा दुवै पार्टीले दाबी गरेपछि विवाद प्रदेश हुँदै केन्द्रसम्म पुगेको थियो । सो गाउँपालिकामा नेकपा माओवादी केन्द्रका नेता भुपाल पोखरेलले दाबी गर्दै आएकोमा काँग्रेसका नेता महेन्द्र भण्डारीले पाउने भएका छन् ।

यस्तै, गाउँपालिका अध्यक्ष पोखरेलले स्वतन्त्र उमेदवार दिन आफ्ना पदबाट राजीनामा दिएका छन् ।