धरान – नेकपा एमालेले धरान उपमहानगरपालिका धरानको मेयर पदमा मञ्जु भण्डारी र उपमेयर पदमा पदम लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यस्तै, इटहरी उपमहानगरपालिका इटहरीको मेयर पदमा याम सुब्बा र उपमेयर पदमा संगीता चौधरीलाई उपमेयर पदको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।
धरानकी मेयर पदका उम्मेदवार भण्डारी एमाले केन्द्रीय सदस्य हुन् भने हाल धरानकी उपमेयर पनि हुन् । उपमेयरका उम्मेदवार इस्वो जिल्ला कमिटी सदस्य हुन् ।
त्यस्तै, इटहरी मेयर पदका उम्मेदवार सुब्बा एमाले इटहरी उपमहानगरपालिका इहरीका अधक्ष्य हुन्। उपमेयर पदका उम्मेदवार चौधरी अ.ने.म. संघ इटहरीका सहसचिव हुन् ।