News Portal

  • चुनाव लड्न ओखलढुंगामा २० जना शिक्षकले छाडे जागिर

    हिमालीसंचार संवाददाता
    १८४ पटक

    ओखलढुंगा – स्थानीय तह निर्वाचनमा भाग लिन ओखलढुङ्गाका २० जना शिक्षकले जागिरबाट राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनको मिति घोषणा भए यता जिल्लाका विभिन्न विद्यालयका २० जना शिक्षकले जागिरबाट राजीनामा दिएका हुन ।

    शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नेत्रप्रसाद गजुरेलका अनुसार; ‘केहि विविध कारणले जागिर छाड्ने पनि छन्, तर अधिकांश शिक्षकले चुनाव लड्न राजीनामा दिएका हुन्।’

    देवी आधारभुत विद्यालय मानेभञ्ज्याङका शिक्षक रामचन्द्र महतो, सरस्वती आधारभुत विद्यालय रावादोलुका रामबहादुर बस्नेत, कालिका आधारभुत विद्यालय आहालेका शिक्षक चन्द्र कटुवाल, जेसे मावि जेसे पात्लेका गुन्जबहादुर सुनुवार, बालज्योती मावि चित्रेका मधुकरप्रसाद चौधरी, जन्तरखानी माध्यमिक विद्यालय जन्तरखानीका प्रधानाध्यापक मेखबहादुर मगरको राजीनामा स्विकृत भएको इकाइ प्रमुख गजुरलले बताए ।

    यस्तै, हिमगंगा मावि रावादोलुका शिक्षक डिल्लीराम बस्नेत, तिलक विश्वकर्मा र टोपबहादुर बस्नेत लगायत हर्कपुर माध्यमिक विद्यालय मानेभञ्ज्याङका गोविन्दप्रसाद अधिकारी, कालिका आधारभुत विद्यालय चुहानछापका शिक्षक जयकुमार कार्की, कालिका आधारभुत विद्यालयका भालुथुम्काका शिक्षक युवराज घिमिरेको पनि राजिनामा स्वीकृत भएको छ ।

    सोडान्तर आधारभुत विद्यालय मानेभञ्ज्याङका होमप्रसाद दाहाल, भुमेथान आधारभुत विद्यालयका शिक्षक तोयानाथ काफले, चन्चला आधारभुत विद्यालय खोदम्पाका शिक्षक बालकुमार खड्का र जन्तरखानी मावि जन्तरखानीका शिक्षक शंखवीर राईले पनि शिक्षण पेशा छोडेको शिक्षा विकास तथा समन्वय इकाइ ओखलढुङ्गाले जनाएको छ । कार्यालयका अनुसार राजीनामा दिने अधिकांश शिक्षकहरुको पेन्सन भईसकेको छ भने राजीनामा दिने पाँच शिक्षकररुले अनिवार्य अवकाश पाउन लागेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २८ गतेको राशिफल

    आज भदौ २८, २०८२ (सेप्टेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरे

    कुवेत – कुवेतमा केही महिनाअघि मात्र गठन भएको युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा...

    संसद विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

    काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ। शुक्रबार दिनभर...

    सार्वजनिक यातायात कहिले चल्छ अन्योलमा, यात्रु मर्कामा

    काठमाडौं, २७ भदौ – देशभरको हालको परिस्थितिले छोटो तथा लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि...

    पोस्टमार्टमपछि ५१ मृतकमध्ये शव परिवारलाई सुम्पियो

    काठमाडौं, भदौ २७ – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टम पछि परिवारलाई हस्तान्तरण...